कञ्चनपुरमा काँग्रेस र माओवादीको अग्रता
कञ्चनपुरका नौ पालिकामध्ये नेपाली काँग्रेसले यहाँका चार पालिकामा जारी मतगणनामा अग्रता लिएको छ । यहाँको महाकाली पारीको दोधारा चाँदनी नगरपालिकामा नेपाली काँग्रेसबाट नगरप्रमुखका उम्मेदवार गोपाल भट्टले ६०० मत गणना हुँदा ३२६ र नेकपा (एमाले) का उम्मेदवार किशोर लिम्बूले २३९ मत प्राप्त गरेका छन् ।
त्यसैगरी यहाँको बेल्डाडी गाउँपालिकामा पनि नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार हरिषचन्द्र राना र उपाध्यक्षमा शान्ति नाथले सुरुआती अग्रता लिएकी छिन्, भने उनलाई एमालेका उम्मेदवारले पछ्याइरहेका छन् । बेल्डाडीमा अध्यक्षमा काँग्रेसका रानाले १९१ मत पाउनु भएको छ भने उपाध्यक्षमा कांग्रेसकै नाथले २७२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरी सो पालिकामा एमालेका अध्यक्षका उम्मेदवार अक्कलबहादुर विष्टले ११६ र उपाध्यक्षमा फुलकुमारी रानाले २२३ मत प्राप्त गरेका छन् । त्यसैगरी यहाँको बेलौरी नगरमा नेकपा (माओवादी केन्द्र) का नगरप्रमुखका उम्मेदवार पोतिलाल चौधरीले अग्रता लिएका छन् । बेलौरीमा एक हजार ३८३ मतगणना हुँदा माओवादीका चौधरीले ५२० मतसहित अग्रता लिएका छन् ।
सो पालिकामा एमालेका नगरप्रमुखका उम्मेदवार कमला बोहराले ४२४ मत ल्याउनु भएको छ, भने नेपाली कांग्रेसबाट नगरप्रमखुका उम्मेदवार बनेका होसियार विष्टले ३४० मत प्राप्त गरेका छन् । उता लालझाडी गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार बन्नु भएका श्रीकृष्ण रानाले अग्रता लिएका छन् । यहाँ वडा नं ६ मा वडाध्यक्षसहित प्यानल कांग्रेसको विजयी भइसकेको छ । हालसम्मको गणनाअनुसार कांग्रेसका श्रीकृष्णले ६०१ मत, एमालेका अध्यक्षका उम्मेदवार निर्मल रानाले ५५२ मत र माओवादीका अध्यक्षका उम्मेदवार मदन सेन बडायकले ४४३ मत प्राप्त गरेका छन् । ।
त्यसैगरी भीमदत्त नगरमा पनि नेपाली कांग्रेसका उम्मेदवार पदम बोगटीले नगर प्रमुख पदमा सुरुआती अग्रता लिएका छन् । यहाँ एक सय मतगणना हुँदा कांग्रेसका उम्मेदवार बोगटीले ५३ र एमालेका नगरप्रमुखका उम्मेदवार महेश पन्तले १४ मत प्राप्त गरेका छन् । नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार राजेन्द्र पाण्डेयले १५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी यहाँको बेदकोट र शुक्लाफाँटा नगरमासमेत गणना सुरु भएको छ । भने अन्य पालिकामा पनि शनिबार दिउँसोदेखि गणनाको तयारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार
-
सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सेनाको उद्धारका लागि योजना बन्दैछ : प्रधानसेनापति
-
फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै
-
सहुलियत मूल्यमा न्यूरो उपचारका लागि सरकारी केन्द्र स्थापनाको तयारी, सम्भाव्यता अध्ययन गर्न समिति गठन
-
सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता छैन : उपसभापति गुरुङ
-
पर्यटनमन्त्रीको सय दिन : राम्रो काममा हल्ला बढी, निर्णयमा ‘डबल स्ट्यान्डर्ड’