दाङका ७ गाउँपालिकामध्ये ५ वटामा माओवादीको अग्रता
दाङ जिल्लाका सातवटा गाउँपालिकामध्ये अहिलेसम्म माओवादीले पाँचवटा गाउँपालिकामा अग्रता लिएको छ । अग्रता लिएकामध्ये माओवादीले तीन पालिकामा गठबन्धन गरेको छ भने दुई पालिकामा एकल प्रतिस्पर्धा गर्दै अग्रता लिएको छ ।
माओवादी केन्द्रले २०७४ सालको निर्वाचनमा एउटा गाउँपालिका मात्रै जितेको थियो । अहिले बंगलाचुली, राजपुर र राप्तीमा फराकिलो मतान्तरसहित अग्रता लिएको छ भने शान्तिनगर र गढवामा झिनो मतले अग्रता लिएको छ ।
माओवादी केन्द्रले बंगलाचुलीमा काँग्रेससँग, राप्तीमा राजमोसँग र गढवामा एकीकृत समाजवादी र राजमोसँग गठबन्धन गरेको छ । एक्लै चुनाव लडेको भारतको सीमावर्ती गाउँपालिकामा माओवादीले फराकिलो मतान्तरसहित अग्रता लिएको छ ।
माओवादीले दाङमा अहिलेसम्म चारवटा वडा जितेको छ । काँग्रेस र एमालेले पनि चार–चार वटा वडा जितेका छन् । अहिलेसम्म दंशीशरण र बबइमा काँग्रेसको अग्रता छ भने गठबन्धन रहेको घोराही उपमहानगरपालिकामा झिनो मतान्तरसहित गठबन्धनको अग्रता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार
-
सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सेनाको उद्धारका लागि योजना बन्दैछ : प्रधानसेनापति
-
फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै
-
सहुलियत मूल्यमा न्यूरो उपचारका लागि सरकारी केन्द्र स्थापनाको तयारी, सम्भाव्यता अध्ययन गर्न समिति गठन
-
सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता छैन : उपसभापति गुरुङ
-
पर्यटनमन्त्रीको सय दिन : राम्रो काममा हल्ला बढी, निर्णयमा ‘डबल स्ट्यान्डर्ड’