काठमाडौं महानगर : बालेन अघि तर पपुलर मतमा सुनिताको फड्को
बुधबार, ०४ जेठ २०७९, ०८ : ४२
काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले फराकिलो अग्रता बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार साहले १२ हजार ८७९ मत ल्याउँदै अग्र स्थानमा सफल भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ६ हजार ९९० मत तथा नेपाली काँग्रेसकी सिर्जना सिंहले ६ हजार १२९ मत ल्याएकी छन् । निर्वाचन अधिकृतका अनुसार हालसम्म काठमाडौँ महानगरको १,२,३, ५ को मतगणना सम्पन्न भएर घोषण भइसकेको छ ।
हाल वडा नम्बर ४,६,२९, ३०,३१ र ३२ का साथै ७ को गणना जारी रहेको छ । हालसम्म प्रमुख पदमा ३३ हजार ८१३ मत गणना भएको छ जसमध्ये १२२८ मत बदर भएको छ । यता उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोलले १३ हजार ९८ मत बटुलेकी छन् । उनको प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीले मात्र ४ हजार ७४ मत ल्याएको छ भने राप्रपाले २ हजार ५१० मत बटुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्काे गतिरोध हटाउन सभामुख पनि परामर्शमा
-
हायर पर्चेज कर्जा १६.९ प्रतिशतले घट्यो, निक्षेप अनुसार कर्जा लगानी हुन नसक्दा राष्ट्रिय आयमा असर
-
राष्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता
-
‘घरज्वाइँ’को टिजर : मिरुनालाई पाउन दयाहाङको संघर्ष
-
शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्बमाथि बचतमा
-
९ महिनामा थपियो ३ खर्ब ७२ अर्ब विदेशी मुद्रा