संसद्को गतिरोधबारे राष्ट्रपति र प्रधानमन्त्री छलफल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । शीतल निवासमा भएको भेटवार्ता भर्खरै सकिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले रातोपाटीलाई जानकारी दिए ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच एक्ला एक्लै छलफल भएको हो । भेटमा संसद्को गतिरोधलगायतका समसामयिक राजनीतिबारे कुरा भएको बुझिएको छ । राष्ट्रपति पौडेलले जेठ १ गते सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।
प्रधानमन्त्रीले आइतबार नै नेपाली कांग्रेसका शीर्ष नेतासँग परामर्श गरेका थिए । प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठन नगरे सदन चल्न नदिने चेतावनी दिँदै आएको छ ।
प्रचण्डले मंगलवार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचनका लागि राष्ट्रपतिलाई औपचारिक आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीको कीर्तिपुरमा गाडीमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण