आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगरमा काँग्रेसका कोइराला ५,५४० मतले अगाडि

बिहीबार, ०५ जेठ २०७९, २१ : ५६
बिहीबार, ०५ जेठ २०७९

विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि नेपाली काँग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता कायमै राखेका छन् । उनको मतान्तर ५ हजार ५ सय ४० पुगेको छ ।

कोइरालाले २१ हजार ४२२ मत ल्याउँदा एमालेका सागर थापाले १५ हजार ८८२ मत ल्याएका छन् । यस्तै राप्रपाका उम्मेदवार प्रह्लाद प्रसाद साहको ४ हजार ११९ र स्वतन्त्र उम्मेदवार उमेश यादवको ६ हजार ७५३ मत रहेको छ ।

यस्तै उपप्रमुखमा एमालेकी शिल्पा कार्कीको १८ हजार ४६९ रहेको छ । गठबन्धनका उम्मेदवार अमरेन्द्र यादवको मत १० हजार ८०३ रहेको छ । उपप्रमुखमै राप्रपाकी विन्दा लुइँटेलको मत ४ हजार ९९६ रहेको छ भने स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ३ हजार ९१८ मत ल्याएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप