मधेश प्रदेश
मधेसमा एमालेका मन्त्रीले दिए राजीनामा
आइतबार, ३० वैशाख २०८१, १७ : २५
धनुषा । नेकपा एमाले मधेस सरकारबाट बाहिरिएको छ। एमालेबाट मन्त्री र राज्यमन्त्री बनेका ६ जनाले आइतबार पदबाट राजीनामा दिएका छन् ।
एमालेका मन्त्रीहरुले मुख्यमन्त्री सरोज कुमार यादवलाई राजीनामा पत्र हस्तान्तरण गरिसकेका छन् । राजीनामा दिनेहरुमा सरोज कुमार यादव, राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोद कुमार जयसवाल, केशव राय र शारदा थापा रहेका छन् ।
राय र थापा राज्यमन्त्री हुन् भने अरु चार जना मन्त्री हुन् । आजै एमालेले सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने बताइएको छ । जसपा नेपाल नेतृत्वको सरकार ढाल्ने योजनाअनुसार माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
-
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण