काठमाडौं महानगरपालिकाको ताजा अपडेटः बालेन भन्दा निकै पछि परे केशव स्थापित, कसको कति ?
बिहीबार, ०५ जेठ २०७९, २२ : १९
काठमाडौं महानगरपालिकाको मतगणनाको ताजा मत परिणाम सार्वजनिक भएको छ । बिहीबार राति १० बजे सार्वजनिक गरिएको आधिकारिक मतगणनाको विवरणअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले २३ हजार ७६० मत पाएका छन् ।
उनको निकटतम प्रतिद्वन्द्वी देखिएका एमालेका केशव स्थापित निकै पछि परेका छन् । उनले हालसम्म १२ हजार ५२४ मत पाएका छन् । यस्तै नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठले ११ हजार ८५४ मत पाएकी छन् । हाल मतगणना भइरहेको वडाहरूमा ६,७, ८, २७, २८, २९, ३१ र ३२ रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हालसम्म ६३ हजार ६० मत गनिएको छ ।