करेन्ट लागेर दुई जनाको मृत्यु
बुधबार, १५ असार २०७९, १६ : ५०
सिरहा र रुपन्देहीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । सिरहाको धनगढीमाई नगरपालिका–१० नुक्तन फुड प्रोडक्ट चाउमिन फ्याक्ट्रीमा १८ वर्षीय मन्जित धोवीको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।
फ्याक्ट्रीको फलामको ढोका खोल्ने क्रममा ढोकामा लत्रेको नाङ्गो तारबाट करेन्ट लागेर अशक्त भएका उनको उपचारको लागि सप्तऋषि अस्पताल लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । रुपन्देहीको शुद्धोधन गाउँपालिका–७ खुनीगाउँ बस्ने २८ वर्षीया भानुमती कोहारको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।
आफ्नै घरको अगाडि डोरीमा कपडा सुकाउने क्रममा कपडाले नजिकै रहेको बिजुलीको तार छुन गई करेन्ट लागेर असक्त भएकी उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार
-
सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सेनाको उद्धारका लागि योजना बन्दैछ : प्रधानसेनापति
-
फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै
-
सहुलियत मूल्यमा न्यूरो उपचारका लागि सरकारी केन्द्र स्थापनाको तयारी, सम्भाव्यता अध्ययन गर्न समिति गठन
-
सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता छैन : उपसभापति गुरुङ
-
पर्यटनमन्त्रीको सय दिन : राम्रो काममा हल्ला बढी, निर्णयमा ‘डबल स्ट्यान्डर्ड’