शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

स्याङ्जा १ ‘क’ मा वाम गठबन्धनका चर्तीमगर विजयी

मङ्गलबार, २६ मङ्सिर २०७४, ११ : ३३
मङ्गलबार, २६ मङ्सिर २०७४

स्याङ्जा-स्याङ्जा क्षेत्र नं १ को प्रदेशसभा ‘क’ मा वाम गठबन्धनबाट दीपक चर्तीमगर विजयी हुनुभएको छ । 

नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार चर्तीमगरले नेपाली काँग्रेसका जिल्ला सभापति एवं निवर्तमान सांसद कमलप्रसाद पंगेनीलाई दुई हजार ७२६ मतले पछि पार्दै विजयी हुनुभएको हो । यहाँ बदर मत ७०३ संख्या पुगेकोे छ । 

विजयी चर्तीमगरले कूल १७ हजार ३९२ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी पंगेनीले १४ हजार ६६६ मत प्राप्त गर्नुभयो । स्याङ्जामा अहिले मतगणना जारी छ । दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा रहेको स्याङ्जाका सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार अग्रस्थानमा छन् । बिहीबार मतदान सम्पन्न भए पनि बुथ कब्जाको विषयलाई लिएर दलहरुबीचको विवादका कारण मतगणना आइतबार रातिबाट मात्रै शुरु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप