शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
बालश्रम

गुलियो क्याण्डी बेच्ने रितिकको तीतो कथा (तस्बिरहरू)

शनिबार, २२ वैशाख २०८१, ०७ : ४५
शनिबार, २२ वैशाख २०८१

काठमाडौँ ।  वैशाखको चर्को घाम, दिनको ३ बजेको समय ।   म भने गोरावादीमा  रमाउन आएका मानिसहरूको फोटो लिँदै थिए ।  यतिकैमा एउटा भाइले भन्यो– “दाइ फोटो त सोधेर खिच्दा राम्रो होला नि ।”  

_AB_0344-2

 मैले उसको नाम भन्दा पहिले उमेर सोधे, उमेर १२ वर्ष पनि नपुगेको, उमेरमा कलिलो तर व्यवहारमा निकै पाका यी भाइको नाम रहेछ रितिक पासवान । घर रौतहट जिल्ला, घरमा बा, आमा मात्र, एक जना दाइ त्यो पनि विदेशमै हराएको, बा मुटुको रोगी, घरमा दैनिक हातमुख जोड्न पनि धौधौ ।  यही कारणले गर्दा १२ वर्ष नपुग्दै रितिक कक्षा चारमा पढ्दै गर्दा गाउँ कै चिनेको एक जना दाइसँग काठमाडौँ तिर हानिए ।

_AB_0262-3

साहुले दिएको कटन क्याण्डी र खेलौना बिक्री गर्न दिनभरि काठमाडौँका विभिन्न ठाँउहरुमा पुग्ने रितिकसँग मेरो भेट रिपोटिङको शिलशिलामा गोदावारी भयो । मानिसहरूको भिड र त्यहि भिडको वरिपरि हिँड्ने रितिकसँग कसैले केही किनिदिन्छ कि भन्ने बाहेक अरू केही कुराको आशा छैन । मैले रितिकसँग  केवल २ घण्टा समय मात्र विताए । उसको जीवनको भोगाइलाई नजिकबाट हेर्ने कोसिस मात्र गरे ।

_AB_0271-2

हामी सँगसँगै हिँड्दै जाँदा गोरावादीमा सामूहिक भोज भई रहेको स्थानमा पुग्यौँ र सायद रितिकको मनमा पनि आशा पलाइको थियो होला कसैले किनेदेला भनेर तर त्यहाँ पुग्न नपाउँदै एक जना आमाले यता नआइज उता जा भन्दै रितिकलाई कराइन् । आफ्ना नानीबाबुले क्यान्डी किन्दे भन्दै कर गर्लान् भन्ने पीर ती महिलामा देखिन्थाे । 
_AB_0283-2

सानो उमेरमा पनि बाध्यता, अवस्था र परिस्थितिले रितिकलाई इमानदार र व्यवहारिक बनाएको छ । सायद सधैजसो गोदावारी मै आउने भएकाले होला रितिकलाई त्यहाँ नचिन्ने र नबोल्ने कोहि छैन । मैले एक जना दिदीलाई सोधे यो भाइ कस्तो छ, तपाईहरुसँग कस्तो बोलीचाली र व्यवहार गर्छ भनी, दिदीले इमानदार, असल छ, नराम्रो गरेको देखेको र सुनेको पनि छैन भन्दै जवाफ आयो ।

_AB_0296-2

रितिकको दैनिकी क्याण्डी बिक्रीका लागि  हिँड्ने हो, साहुले हातमा थमाई दिएको क्याण्डी र केहि खेलौना, यही बिक्री गर्ने रितिकको लक्ष्य पनि हो, दैनिक रुपमा फरक फरक कमाई कहिले दिनको चार सय, कहिले पाँच सय त कहिले सात सय आठ सय, महिनाको तलब भने ६ हजार मात्र । त्यसमा पनि आधा भन्दा बढी कमाई घरमा पठाउन पर्ने । ललितपुरको लगनखेलमा साहु र साहुको भाइ अनि आफू जस्तै क्याण्डी बिक्री गर्न हिँड्ने अरू दुई चार जना साथीहरूसँगै बस्छन् रितिक । 

_AB_0309-2

आफ्नो गाउँबाट टाढा राजधानीमा उमेरै नपुगी काम गर्न बाध्य रितिकलाई सायद थाहा छैन आफू स्वयम बाल श्रम शोषणमा परेको छु भनेर । यसरी काठमाडौँ उपत्यकामा विभिन्न ठाँउमा क्याण्डी बिक्री गर्ने साना भाइ बहिनीहरूलाई साहुले नै गाउँबाट ल्याउने र यसरी नै काममा लगाने गरेको रितिकले बताए । मेरो साहुको नाम शैलेन्द्र साह हो । हामीलाई उसैले सामान दिन्छ, दिनभरि बेच्ने कोठाबाट बिहान १० बजे निस्कने र साँझमा ७ बजे फर्कने  ।

_AB_0324-2

विभिन्न बाध्यता, पारिवारिक अवस्था र परिस्थितिका कारण आफ्नो कलिलो उमेरमै बालश्रम गर्न बाध्य रितिक पासवास र उनी जस्तै अन्य बालबालिकाको बाल अधिकारबारे सरकार भने बेखबर छ । 

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी

_AB_0354-2_AB_0376-2_AB_0379-2_AB_0383-2_AB_0386-2_AB_0395-2_AB_0402-2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप