गुलियो क्याण्डी बेच्ने रितिकको तीतो कथा (तस्बिरहरू)
काठमाडौँ । वैशाखको चर्को घाम, दिनको ३ बजेको समय । म भने गोरावादीमा रमाउन आएका मानिसहरूको फोटो लिँदै थिए । यतिकैमा एउटा भाइले भन्यो– “दाइ फोटो त सोधेर खिच्दा राम्रो होला नि ।”

मैले उसको नाम भन्दा पहिले उमेर सोधे, उमेर १२ वर्ष पनि नपुगेको, उमेरमा कलिलो तर व्यवहारमा निकै पाका यी भाइको नाम रहेछ रितिक पासवान । घर रौतहट जिल्ला, घरमा बा, आमा मात्र, एक जना दाइ त्यो पनि विदेशमै हराएको, बा मुटुको रोगी, घरमा दैनिक हातमुख जोड्न पनि धौधौ । यही कारणले गर्दा १२ वर्ष नपुग्दै रितिक कक्षा चारमा पढ्दै गर्दा गाउँ कै चिनेको एक जना दाइसँग काठमाडौँ तिर हानिए ।

साहुले दिएको कटन क्याण्डी र खेलौना बिक्री गर्न दिनभरि काठमाडौँका विभिन्न ठाँउहरुमा पुग्ने रितिकसँग मेरो भेट रिपोटिङको शिलशिलामा गोदावारी भयो । मानिसहरूको भिड र त्यहि भिडको वरिपरि हिँड्ने रितिकसँग कसैले केही किनिदिन्छ कि भन्ने बाहेक अरू केही कुराको आशा छैन । मैले रितिकसँग केवल २ घण्टा समय मात्र विताए । उसको जीवनको भोगाइलाई नजिकबाट हेर्ने कोसिस मात्र गरे ।

हामी सँगसँगै हिँड्दै जाँदा गोरावादीमा सामूहिक भोज भई रहेको स्थानमा पुग्यौँ र सायद रितिकको मनमा पनि आशा पलाइको थियो होला कसैले किनेदेला भनेर तर त्यहाँ पुग्न नपाउँदै एक जना आमाले यता नआइज उता जा भन्दै रितिकलाई कराइन् । आफ्ना नानीबाबुले क्यान्डी किन्दे भन्दै कर गर्लान् भन्ने पीर ती महिलामा देखिन्थाे ।

सानो उमेरमा पनि बाध्यता, अवस्था र परिस्थितिले रितिकलाई इमानदार र व्यवहारिक बनाएको छ । सायद सधैजसो गोदावारी मै आउने भएकाले होला रितिकलाई त्यहाँ नचिन्ने र नबोल्ने कोहि छैन । मैले एक जना दिदीलाई सोधे यो भाइ कस्तो छ, तपाईहरुसँग कस्तो बोलीचाली र व्यवहार गर्छ भनी, दिदीले इमानदार, असल छ, नराम्रो गरेको देखेको र सुनेको पनि छैन भन्दै जवाफ आयो ।

रितिकको दैनिकी क्याण्डी बिक्रीका लागि हिँड्ने हो, साहुले हातमा थमाई दिएको क्याण्डी र केहि खेलौना, यही बिक्री गर्ने रितिकको लक्ष्य पनि हो, दैनिक रुपमा फरक फरक कमाई कहिले दिनको चार सय, कहिले पाँच सय त कहिले सात सय आठ सय, महिनाको तलब भने ६ हजार मात्र । त्यसमा पनि आधा भन्दा बढी कमाई घरमा पठाउन पर्ने । ललितपुरको लगनखेलमा साहु र साहुको भाइ अनि आफू जस्तै क्याण्डी बिक्री गर्न हिँड्ने अरू दुई चार जना साथीहरूसँगै बस्छन् रितिक ।

आफ्नो गाउँबाट टाढा राजधानीमा उमेरै नपुगी काम गर्न बाध्य रितिकलाई सायद थाहा छैन आफू स्वयम बाल श्रम शोषणमा परेको छु भनेर । यसरी काठमाडौँ उपत्यकामा विभिन्न ठाँउमा क्याण्डी बिक्री गर्ने साना भाइ बहिनीहरूलाई साहुले नै गाउँबाट ल्याउने र यसरी नै काममा लगाने गरेको रितिकले बताए । मेरो साहुको नाम शैलेन्द्र साह हो । हामीलाई उसैले सामान दिन्छ, दिनभरि बेच्ने कोठाबाट बिहान १० बजे निस्कने र साँझमा ७ बजे फर्कने ।

विभिन्न बाध्यता, पारिवारिक अवस्था र परिस्थितिका कारण आफ्नो कलिलो उमेरमै बालश्रम गर्न बाध्य रितिक पासवास र उनी जस्तै अन्य बालबालिकाको बाल अधिकारबारे सरकार भने बेखबर छ ।
मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदिभारा-टाक्से-रुम सडक ६ वर्षपछि सञ्चालन
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण