नेपाल र वेष्ट इन्डिज ‘ए’बिचको अन्तिम खेल आज
काठमाडौँ । पाँच खेलको टी–२० श्रृङ्खलाअन्तर्गत अन्तिम खेल आज नेपाल र वेष्ट इन्डिज ‘ए’ बिच हुँदै छ । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा बाह्र बजे सुरु हुनेछ ।
पाँच खेलको टी–२० शृङ्खला वेष्ट इन्डिज ‘ए’ले अन्तिम खेल अगावै ३–१ ले जितिसकेको छ। शृङ्खलाको पहिलो खेल जितेको नेपालले त्यसपछिका तीन खेल लगातार गुमायो ।
गत शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा १० र तेस्रो खेलमा ७६ रन र चौथो खेलमा वेष्ट इन्डिज ‘ए’सँग २८ रनले पराजित भयो ।
आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपाल र वेष्ट इन्डिज ‘ए’ बिच मैत्रीपूर्ण खेल भइरहेको हो।विश्वकप खेल्ने नेपाली टोलीलाई शुक्रबार नै विदाई गरिसकिएको छ । सिरिज सकेर नेपाली टोली विश्वकपका लागि त्यसतर्फ प्रस्थान गर्नेछन् ।
विश्वकप जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेष्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदै छ। विश्वकपमा नेपाल समूह ‘डी’ समूहमा छ। नेपालले खेल्ने समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्याण्ड्स छन्। वेष्ट इण्डिजले भने समूह ‘सी’ बाट विश्वकप खेल्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण