शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बैतडीमा समानुपातिकतर्फ एमाले पहिलो

मङ्गलबार, २६ मङ्सिर २०७४, १४ : ३७
मङ्गलबार, २६ मङ्सिर २०७४

बैतडी– बैतडीमा प्रतिनिधिसभातर्फ समानुपातिकमा नेकपा (एमाले)ले २३ हजार ३२३ मत प्राप्त गरी पहिलो भएकोे छ ।  यसैगरी नेपाली काँग्रेसले २१ हजार २८५, नेकपा (माओेवादी केन्द्र)ले ११ हजार २१२, राप्रपाले चार हजार ८५० र विवेकशील साझा पार्टीले २ सय ७९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए । प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ ७४ हजार ७ सय ७५ मत खसेकामा १२ हजार ७ सय ५९ मत अर्थात् १७ प्रतिशत मत बदर भएको छ । 

यस्तै, प्रदेशसभा क्षेत्र नं १ मा पनि एमालेले सबैभन्दा बढी नौ हजार ८ सय ७३ मत प्राप्त गरेको छ । काँग्रेसले नौ हजार ६ सय ६९, माओवादी केन्द्रले छ हजार ८ सय १४, राप्रपाले एक हजार ९ सय ७८ र विवेकशील साझा पार्टीले ४२ मत प्राप्त गरेको प्रजिअ सिद्धराज जोशीले जानकारी दिए । 

प्रदेशसभा क्षेत्र नं १ मा समानुपातिकतर्फ ३७ हजार ९ सय ७९ मत खसेकामा नौ हजार ९४ मत बदर भएको छ । यसैगरी प्रदेशसभा क्षेत्र नं २ मा एमालेले सबैभन्दा बढी ११ हजार १ सय ९१ मत प्राप्त गरेको छ । काँग्रेसले आठ हजार ५ सय ९३, माओवादी केन्द्रले चार हजार ५ सय ६१ र राप्रपाले तीन हजार १७१ र विवेकशील साझाले ६८ मत प्राप्त गरेको छ । प्रदेशसभा क्षेत्र नं २ मा समानुपातिकतर्फ खसेको कूल ३६ हजार ७९६ मतमध्ये आठ हजार ८ सय ४२ मत बदर भएका छन् । 

प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीका प्रत्यक्षतर्फका सबै क्षेत्रमा वाम गठबन्धन विजयी भएको थियो । बैतडीमा पहिलो चरणअन्तर्गत मंसिर १० गते निर्वाचन भएको थियो । 
 

वाचा पूरा गर्छौँः सांसद 

नवनिर्वाचित जनप्रतिनिधिले निर्वाचनका समयमा जनतासमक्ष गरेका वाचा पूरा गर्ने दोहर्याएका छन् । प्रेस चौतारी नेपालले बैतडीको पाटनमा आयोजना गरेको पत्रकार सम्मेलनमा नवनिर्वाचित सांसद दामोदर भण्डारीले वाम गठबन्धनको सरकारले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना र पश्चिम सेतीको काम अघि बढाउने बताए । 

बैतडीमा निर्माणाधीन जिल्ला अस्पतालको ५० श्ययाको अस्पतालको निर्माणलाई गति दिइने, सबै गाउँपालिकामा १५ श्ययाको अस्पताल निर्माणका लागि पहल गरिने र सडक पहुँच विस्तार गरिने बताउँदै उनले भने, “समग्र बैतडी तथा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गनेर्छौेंँ । ” 

पत्रकार सम्मेलनमा प्रदेशसभा क्षेत्र नं ९क० का सदस्य प्रेमप्रकाश भट्टले क्षेत्र नं १ मा रहेका खानीको खोजी गरी सञ्चालनका लागि पहल गरिने बताए । यस्तै प्रदेशसभा क्षेत्र नं ९ख० का सदस्य लीलाधर भट्टले संघीयताको कार्यान्वयनको सिलसिलामा नीतिगत समस्या भएका ठाउँमा सुधार गरेर अघि बढिने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप