शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सुनसरीमा ६ हजार ८०६ मत गन्न बाँकी: प्रदेशसभामा कांग्रेस विजयी

बुधबार, २७ मङ्सिर २०७४, ०७ : ५७
बुधबार, २७ मङ्सिर २०७४

सुनसरी ३ को प्रतिनिधिसभा सदस्यको मतगणना भइरहँदा सुनसरी ३ को 'ख' प्रदेश सभातर्फ नेपाली कांग्रेसका अगमलाल चौधरी  विजयी भएका छन् ।

उनले २१ हजार ४२९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका रामदेव यादवले १७ हजार ५६८ मत प्राप्त गरे । 

विजयी चौधरी र यादवबीच ३ हजार ८६१ मतको फरक छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा भने मतगणना जारी छ । नेपाली काङग्रेसका विजयकुमार गच्छदारले ३६ हजार ८० मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी एमालेकी उम्मेदवार भगवती चौधरीले ३५ हजार ५६१ मत ल्याएकी छन् । 

अब गणना गर्न बाँकी मत ६ हजार ८०६ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप