मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

करेन्ट लागेर दुई जनाको मृत्यु

आइतबार, ०५ भदौ २०७९, १४ : २३
आइतबार, ०५ भदौ २०७९

रौतहट र रुपन्देहीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

 रौतहटको मौलापुर नगरपालिका–८ बस्ने ४० वर्षीय महेशी राय यादवको करेन्ट लागेर शनिबार राति मृत्यु भएको हो । सोही ठाउँस्थित खेतमा पानीको मोटर जोड्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको नेशनल मेडिकल कलेज वीरगञ्ज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ मणिग्रामस्थित एक घरमा इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी धुर्कोट गाउँपालिका–५ वस्तु घर भएका २२ वर्षीय प्रदिप भट्टराई रहेका छन् । उनको शनिबार करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर अशक्त भएका उनको चौराह अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप