सुनको मूल्य बढ्यो
मङ्गलबार, १४ भदौ २०७९, ११ : ०९
नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मुल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो । सोमबार सुनको मूल्य ६०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै, सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको थियो ।
महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८०० र तेजाबी सुनको मूल्य ९४ हजार ३०० रुपैयाँ छ । यसैगरी, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सुनको मूल्य बढेको दिन चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको कारोबार मूल्य प्रतितोला १ हजार १४५ रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार
-
सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सेनाको उद्धारका लागि योजना बन्दैछ : प्रधानसेनापति
-
फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै
-
सहुलियत मूल्यमा न्यूरो उपचारका लागि सरकारी केन्द्र स्थापनाको तयारी, सम्भाव्यता अध्ययन गर्न समिति गठन
-
सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता छैन : उपसभापति गुरुङ
-
पर्यटनमन्त्रीको सय दिन : राम्रो काममा हल्ला बढी, निर्णयमा ‘डबल स्ट्यान्डर्ड’