शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङमा भुकम्पीय आवास निर्माणका लागि अभिमूखिकरण कार्यक्रम

मङ्गलबार, ११ पुस २०७४, १८ : ४८
मङ्गलबार, ११ पुस २०७४

बेसीशहर –  भुकम्पीय आवास पुन निर्माण कार्यलाई तीव्रता दिनको निम्ति संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ ।

पुननिर्माण कार्यलाई तीव्रता दिन दुधपोखरी गाउँपालिकामा मंगलबार अन्तरक्रिया गरी अभिमुखीकरणको शुरुवात गरिएको हो ।

कार्यक्रममा दुधपोखरी गाउँपालिका प्रमुख छुपीमाया गुरुङ र उपप्रमुख कमल धितालले मन्तव्य व्यक्त गर्दै जिल्लामै सबभन्दा बढी क्षति भएको यस गाउँपालिकामा पुन निमार्ण चुनौतीपूर्ण रहेको भन्दै प्रथम किस्ता प्राप्त गरेसगै प्राविधिक कर्मचारीको व्यवस्थापन जटिल रहेको बताएका छन् ।

प्राविधिकको आवश्यकता अनुसारको परिपूर्ति हुन नसक्दा पुन निर्माणले गति लिन नसकेको भन्दैँ एक वडा एक प्राविधिकको व्यवस्थापनको निम्ति आग्रह समेत गरेका छन् ।

केन्द्रबाटै तय भएको तालिका अनुसार भूकम्प प्रभावित सबै जिल्लामा एक साथ कार्यक्रमको  सुरुवात गरिएकोे हो । पूननिमार्णमा देखिएका अस्पष्टतालाई हटाई एकरुपता कायम गरी पुन निर्माणलाई अभियानको रुपमा नै सञ्चालन गर्न निम्ति कार्यक्रम आयोजना गरिएको केन्द्रिय आयोजना कार्यान्वयन ईकाईका सामाजिक विकास विज्ञ चन्द्रकान्त लौडारीले बताए ।  

दुधपोखरी गाउपालिकाबाट सुरु भएको कार्यक्रम १३ गते राईनास नपा, १६ गते मध्यनेपाल नपा, १७ गते सुन्दरबजार नपा, १८ गते दोर्दी गापा, २० गते बेसिशहर नपा, २१ गते मस्र्याग्दी गापा र २३ गते क्व्होलासोथार गाउँपालिकामा गरी समापन हुने जनाईएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

समुन्द्रा घिमिरे
समुन्द्रा घिमिरे
लेखकबाट थप