प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव
राजविराज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश सरकार संवेदनशील रहेको बताएका छन् । सप्तरीको महादेवा गाउँपालिका—१ स्थित चिम्टीका अग्निपीडितको अवस्थाबारे आज जानकारी लिनेक्रममा आज मुख्यमन्त्री यादवले मधेसमा बसोबास गर्ने हरेक व्यक्तिको पीडा र समस्याप्रति सरकार संवेदनशील रहेको बताए ।
उनले आगलागीपीडित जनतालाई राहत तथा पुनस्र्थापनाका काममा पनि सरकार तदारुकताका साथ लाग्ने भन्दै उहाँले समस्याबाट नआत्तिन पीडित परिवारलाई आग्रह गरे । “केही दिनभित्रै प्रदेश सरकाले अग्निपीडितका लागि राहतप्याकेज घोषणा गरी पीडित परिवारका घर निर्माणको काम सुरूआत गर्नेछ । प्रदेश सरकार तपाईँहरुको साथमै छ त्यसैले सँगसँगै मिलेर समस्याको सामना गरौँला”, उनले भने ।
त्यसअवसरमा मधेस प्रदेशका वन तथा पर्यटनमन्त्री भरतप्रसाद साह, पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साह, मधेश प्रदेशसभा सदस्य मनिष सुमन, किरण साह, प्रमुख जिल्ला अधिकारी किरण थापा, स्थानीय जनप्रतिनिधिलगायत विभिन्न पार्टीका नेताहरूले चिम्टीका अग्निपिडितहरुको समस्या बारे जानकारी लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण