समाचार
अपडेट : भुक्तानी नगर्दा काटियो इन्टरनेट
बिहीबार, २० वैशाख २०८१, १७ : ५८
काठमाडौँ । नेपालका निजी इन्टरनेट सेवा प्रदायकहरुले भारतीय इन्टरनेट सेवा प्रदायक कम्पनीलाई भुक्तानी नगर्दा नेपालको इन्टरनेट सेवा काटिएको छ । नेपालका नीजि क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुले करिब ३ अर्ब रकम तिर्न बाँकी रहेको छ ।
इन्टरनेट सेवा प्रदायक (आइस्पान) का अध्यक्ष सुधिर पराजुलीका अनुसार बिहीबारबाट भारतीय सेवा प्रदायक एयरटेलले नेट काटेको हो । जसका कारण देशभरका इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको छ । वर्ल्डलिंक, सुबिसु, भायनेटलगायतका सेवा अवरुद्ध भएको हो ।
इन्टरनेट काटिनुको जिम्मा सरकारले लिनुपर्ने सेवा प्रदायकहरुको भनाइ छ । उनीहरुका अनुसार भुक्तानी दिन सरकारी प्रक्रिया अवरोधका रुपमा रहेको छ । यसैबिच नेपाल टेलिकमको इन्टरनेट सेवा भने अवरुद्ध नभएको टेलिकमका अधिकारीहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेन बन्यो फिफा विश्वकप २०२६ को विश्वविजेता, अतिरिक्त समयको गोलमा अर्जेन्टिना स्तब्ध
-
अतिरिक्त समयमा फेरान टोरेसको गोल, स्पेन १–० ले अगाडि
-
९० मिनेटभर स्पेनको पूर्ण दबाब, अर्जेन्टिनाले एक पटक पनि प्रहार गर्न सकेन
-
९० मिनेटमा भएन गोल: खेल ३० मिनेटको अतिरिक्त समय, १० खेलाडीमा सीमित अर्जेन्टिनाको परीक्षा
-
इन्जुरी समयमा एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित
-
विश्वकप फाइनलको बिचमा बिजुलीको सास्ती: आएको ५ मिनेटमै पुनः गयो बत्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण