वेश्यावृत्ति गराएको आरोपमा खाजाघर सञ्चालक पक्राउ
शुक्रबार, २१ वैशाख २०८१, ०७ : ०२
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–९ मा सञ्चालित सुर्खेत खाजा घरका दुई जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुला घर भएका २९ वर्षीय लोकेन्द्र बडू र सर्लाहीको हरिवन घर भएकी ३७ बर्सिया कान्छीमाया घिसिङ छन् ।
नाबालिगहरूलाई वेश्यावृत्तिमा लगाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको मानव बेचबिखन ब्युरोका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए ।
‘वेटरको काम दिन्छौँ’ भनेर नाबालिगहरूलाई ल्याएर उनीहरूले त्रास देखाएर वेश्यावृत्ति गराएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आरोपीहरूले एक जना ग्राहकबाट ५ हजार देखी ८ हजारसम्म असुल्ने गरेको थाहा भएको छ । उनीहरू विरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद लिएर ब्युरोले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महान्यायाधिवक्ता कँडेलविरुद्धको रिटमा तोकियो पेसी
-
शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या तीन सयभन्दा बढी, व्यवस्थापन चुनौतीपूर्ण
-
सामुदायिक विद्युतीकरण विस्तारमा समस्या
-
दादुराको उच्च जोखिम रहेका जिल्लामा खोप अभियान
-
नेपालगञ्ज र भैरहवाको तापक्रम ४१ डिग्री पुग्ने, धनकुटा र विराटनगरमा झरी
-
ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाख ३९ हजार राजस्व दाखिला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण