शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

इन्टरनेट सेवा सुचारु

बिहीबार, २० वैशाख २०८१, २३ : १७
बिहीबार, २० वैशाख २०८१

काठमाडौँ । करिब ७ घण्टादेखि समस्या देखिएको इन्टरनेट सेवा सुचारु भएको छ । अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रदायकले आपूर्ति सुचारु गरेसँगै नेपालमा इन्टरनेट चल्न थालेको हो । 

इन्टरनेट अवरुद्ध भएलगत्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सेवा अवरूद्ध हुने गरी कुनै कार्य नगर्न नगराउन सेवा प्रदायक निकायहरुलाई आग्रह गरेको थियो । त्यसलगत्तै इन्टरनेट सेवा सुचारु भएको हो ।
बिहीबार ४ बजेदेखि देशभरका इन्टरनेट सेवामा समस्या देखिएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप