शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

देशभर इन्टरनेट सेवामा समस्या

बिहीबार, २० वैशाख २०८१, १७ : २९
बिहीबार, २० वैशाख २०८१

काठमाडौँ । देशभरका इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट सेवा प्रदायकहरुले सेवामा समस्या देखिएको स्वीकार गरेपनि के भएको भन्नेबारे थप जानकारी गराएका छैनन् । 
इन्टरनेट प्रयोगकर्ताहरुले वर्ल्डलिंक, सुबिसु,भायनेटलगायतका सेवामा समस्या देखिएको गुनासो गरिरहेका छन् । 

बिहीबार करिब ४ बजेदेखि उत्पन्न भएको सेवा हालसम्म समाधान हुन सकेको छैन । कतिपय सेवाग्राहीले इन्टरनेट चल्न नसकेको बताएका छन् भने कतिपयले चाहिँ चलेको भएपनि सुस्त गति रहेको बताएका छन् । 
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप