शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनको लेटरहेड दुरुपयोग भयो : फाउन्डेसन

शनिबार, ३० पुस २०७९, २० : २३
शनिबार, ३० पुस २०७९

काठमाडौँ । सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आफ्नो लेटरहेड दुरुपयोग भएको एक विज्ञप्ति मार्फत जनाएको छ । फाउन्डेसनका महासचिव र अध्यक्षले संयुक्त रूपमा एक विज्ञप्ति जारी गर्दै आफ्नो लेटरहेड प्रयोग गरी प्रदेश १ सरकारको मन्त्रीमण्डल गठनको विषयलाई लिएर जारी गरिएको विज्ञप्तिप्रति फाउन्डेसनको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

‘फाउन्डेसनले सरकार गठन र मन्त्रीपरिषद्को विषयमा कसैको समर्थन र विरोध गर्दैन, यो नेकपा (माओवादी केन्द्र)को आन्तरिक पार्टी जीवनको प्रश्न हो,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो लागि पार्टीका सबै नेता र माननीय सांसदहरू समान हुनुहुन्छ । प्रदेश १ को सरकार गठनका सन्दर्भमा पार्टीको औपचारिक निर्णय नै आधिकारिक हो, जुन निर्णयबाट नै माओवादी केन्द्रका २ जना माननीयज्यूहरूले मन्त्री पदको शपथ लिनुभएको कुरा स्पष्ट नै छ ।’

पार्टीले आधिकारिक रूपमा निर्णय गरेको विषयलाई सार्वजनिक आलोचनाको विषय बनाएकोप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको फाउन्डेसनले जनाएको छ । 

फाउन्डेसनका अध्यक्ष नवीन विष्णु पोखरेल र महासचिव अटल आचार्यले जारी गरेको पछिल्लो विज्ञप्तिमा फाउन्डेसनको लेटरहेड र छापको दुरुपयोग गरी पार्टीका नेताहरूको समर्थन वा आलोचना नगर्न अनुरोध समेत गरिएको छ । 

यसअघि महासचिव आचार्यको नाममा प्रदेश १ को सरकार गठनका सन्दर्भमा माओवादी केन्द्रबाट सिफारिस भएका २ जना मन्त्री नियुक्तिको विषयमा आलोचना गर्दै विज्ञप्ति जारी भएको थियो । 

325560046_862422385041678_5969736109685809513_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप