हिमालय एयरलाइन्सको काठमाडौँ–बेइजिङ उडान सुरु
काठमाडौं । हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङमा पहिलो उडान सुरु गरेको छ । उक्त एयरलाइन्सले आज मङ्गलबार पहिलो पटक काडमाडौँ–बेइजिङ उडान सुरु गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुराका अनुसार आज बिहान १० बजेर ४० मिनेटमा उक्त विमान काठमाडौंबाट उडेको र बेइजिङको तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । नेपालको काठमाडौं र बेइजिङलाई सीधा जोड्ने यो पहिलो उडान भएको छ ।
चीनको राजधानी बेइजिङमा झण्डै तीन वर्षपछि विदेशका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान थालेका छन् । तीमध्ये हिमालय एयरलाइन्स पहिलो भएको बताइएको छ । राजधानीको नयाँ विमानस्थल बेइजिङ तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले हप्तामा एक पटक उडान भर्ने भएको छ । चीनले कोभिड–१९ महामारीपछि सन् २०२० को मार्च १ देखि सबै अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।
अब चीनको चाइना साउदर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्स, बेइजिङ क्यापिटल एयरलाइन्ससँगै हिमालय एयरलाइन्सले पनि उडान सुरु गरेको हो । तीमध्ये हिमालयले हाललाई साताको एक पटक काठमाडौंबाट उक्त विमानस्थलमा उडान भर्ने र चाइना साउर्दनले हङकङमा साताको तीन उडान गर्ने बताइएको छ । अब ती उडानबाट बेइजिङ हुँदै हवाई यात्रु युरोप, अमेरिका, एसिया र अष्ट्रेलियाका विभिन्न मुलुकमा जानसक्ने छन् ।
त्यसको निम्ति चीनले एक सय ४४ घण्टाको भीसा फ्रि नीति पनि सार्वजनिक गरेको जनाइएको छ । उक्त अवधिको सो नीति बेइजिङ, थ्येन्चिन र हपेइ क्षेत्रमा लागू हुनेछ । बेइजिङको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१९ को अक्टोबर २७ का दिन उडानको निम्ति खुला गरिएको थियो तर कोभिड–१९ महामारीका कारण पाँच महिनापछि नै बन्द भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार
-
सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सेनाको उद्धारका लागि योजना बन्दैछ : प्रधानसेनापति
-
फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै
-
सहुलियत मूल्यमा न्यूरो उपचारका लागि सरकारी केन्द्र स्थापनाको तयारी, सम्भाव्यता अध्ययन गर्न समिति गठन
-
सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता छैन : उपसभापति गुरुङ
-
पर्यटनमन्त्रीको सय दिन : राम्रो काममा हल्ला बढी, निर्णयमा ‘डबल स्ट्यान्डर्ड’