उमेश श्रेष्ठको माग सम्बोधन गर्न नसकिने
काठमाडौँ । निर्वाचन आयोगले चितवन क्षेत्र नं २ मा उपनिर्वाचनबाटै सांसद चयन हुने उल्लेख गर्दै रवि लामिछानेका निकटतम प्रतिस्पर्धी उम्मेदवार उमेश श्रेष्ठको माग सम्बोधन गर्न नसकिने जनाएको छ । गएको मंसिर ४ गते आइतबार भएको प्रतिनिधिसभाको निर्वाचनमा सो क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका श्रेष्ठले आफूलाई विजेता घोषणा गर्न माग गरेको स्थितिमा आयोगले सो माग पूरा गर्न नसकिने प्रस्ट्याएको हो ।
सर्वोच्च अदालतको फैसलाले लामिछानेको सांसद पद गएसँगै उनका निकटतम प्रतिस्पर्धीको हैसियतले श्रेष्ठले आइतबार आयोग पुगेर सो निवेदन दिएका हुन् । आयोगले पद रिक्त रहेको अवस्थामा उपनिर्वाचनबाट नै पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था भएको जनाएको छ । श्रेष्ठले निवेदन दिइसकेपछि सञ्चारकर्मीसँगको कुराकानीमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले उपनिर्वाचनबाहेकको पदपूर्तिका बारेमा कानुनले परिकल्पना नगरेको प्रस्ट्याए । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार
-
सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सेनाको उद्धारका लागि योजना बन्दैछ : प्रधानसेनापति
-
फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै
-
सहुलियत मूल्यमा न्यूरो उपचारका लागि सरकारी केन्द्र स्थापनाको तयारी, सम्भाव्यता अध्ययन गर्न समिति गठन
-
सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता छैन : उपसभापति गुरुङ
-
पर्यटनमन्त्रीको सय दिन : राम्रो काममा हल्ला बढी, निर्णयमा ‘डबल स्ट्यान्डर्ड’