सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलेको आरोपमा ६ जना पक्राउ

बुधबार, १७ फागुन २०७९, १८ : ४९
बुधबार, १७ फागुन २०७९

सुर्खेत । जाजरकोटमा लघुवित्तका कर्मचारीलाई कालोमोसो दलिएको छ । मंगलबार साढे ३ बजेतिर भेरी नगरपालिकातर्फ किस्ता उठाउन गएका एनआईसी एशिया लघुवित्त शाखा कार्यालय जाजरकोटका कर्मचारी गोपाल उपाध्यायमाथि कालोमोसो दलिएको हो । 

उनी भेरी नगरपालिका अन्तर्गत वडा नम्बर ११ को जग्दिपुरमा किस्ता उठाउन गएका थिए । जाजरकोटका डीएसपी सन्तोष रोक्काले किस्ता उठाउने क्रममा दुई जना कालो मास्क लगाएका अज्ञात व्यक्तिले उनीमाथि कालोमोसो दलेको रातोपाटीलाई जानकारी दिए । 

उपाध्यायको साथमा रहेको केही रकम र झोला समेत अज्ञात व्यक्तिहरूले लिएका थिए । डीएसपी रोक्काले कालोमोसो दल्ने समूहमा संलग्न सम्भावित ६ जना व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिए । 

‘को हुन् ? भन्ने खुलेको छैन, हामीले आज पक्राउ गरेर उनीहरुमाथि अनुसन्धान भइरहेको छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप