होलीमा रेस्लिङको महाभिडन्त
काठमाडौँ । नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्त सोमबार हुने भएको छ । होलीको पावन अवसरमा हुन लागेको रेस्लिङ भक्तपुरको सल्लाहघारीमा हुनेछ ।
रेस्लिङमा नेपालसहित अमेरिका, पाकिस्तान र भारत गरी ४ राष्ट्रका रेस्लरको भिडन्त हुने आयोजक फाउन्डेसनकी अध्यक्ष भगवती खड्का (युनिका) ले जानकारी गराइन् । नेपालबाट भगवती खड्का, अस्मिता जुरेली, कुमार थापा (नेपाली ब्रो), हिक्मत थपलिया (स्कोरपियो), कृष्ण मगर (सिन्धुपाल्चोक टाइगर) मिस्टर यतिलगायतले प्रतिस्पर्धा गर्ने छन् ।
भारतबाट अमित दलाल, दिव्या आले र अभिराज सिंह, पाकिस्तानबाट कोभु ब्रान्डम, मोहम्मद बिलाल खान, तलहल अलि खान, अफ्रीदी मुहम्मद उसाम खान र मुस्ताफा अलि खान तथा अमेरिकबाट रिकार्डेज भिल्लानुभा (सादिका) रिङमा उत्रने छन् ।
विभिन्न ५ स्पर्धामा भिडन्त हुनेछ । २०७१ सालमा स्थापना भएको फाउन्डेसनले पहिलोपटक भक्तपुरमा अन्तर्राष्ट्रिय रेस्लिङ आयोजना गर्न लागेको अध्यक्ष भगवतीले जनाएकी छन् । भरत विसुराल (हिमालयन टाइगर) ले निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण