होलीमा रेस्लिङको महाभिडन्त
काठमाडौँ । नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्त सोमबार हुने भएको छ । होलीको पावन अवसरमा हुन लागेको रेस्लिङ भक्तपुरको सल्लाहघारीमा हुनेछ ।
रेस्लिङमा नेपालसहित अमेरिका, पाकिस्तान र भारत गरी ४ राष्ट्रका रेस्लरको भिडन्त हुने आयोजक फाउन्डेसनकी अध्यक्ष भगवती खड्का (युनिका) ले जानकारी गराइन् । नेपालबाट भगवती खड्का, अस्मिता जुरेली, कुमार थापा (नेपाली ब्रो), हिक्मत थपलिया (स्कोरपियो), कृष्ण मगर (सिन्धुपाल्चोक टाइगर) मिस्टर यतिलगायतले प्रतिस्पर्धा गर्ने छन् ।
भारतबाट अमित दलाल, दिव्या आले र अभिराज सिंह, पाकिस्तानबाट कोभु ब्रान्डम, मोहम्मद बिलाल खान, तलहल अलि खान, अफ्रीदी मुहम्मद उसाम खान र मुस्ताफा अलि खान तथा अमेरिकबाट रिकार्डेज भिल्लानुभा (सादिका) रिङमा उत्रने छन् ।
विभिन्न ५ स्पर्धामा भिडन्त हुनेछ । २०७१ सालमा स्थापना भएको फाउन्डेसनले पहिलोपटक भक्तपुरमा अन्तर्राष्ट्रिय रेस्लिङ आयोजना गर्न लागेको अध्यक्ष भगवतीले जनाएकी छन् । भरत विसुराल (हिमालयन टाइगर) ले निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ६ जनाको मृत्यु
-
संसद्को गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैन : महामन्त्री शर्मा
-
लप्ची : जहाँ गुफा–गुफामा ध्यान गरिरहेछन्
-
मेयर सिंहका समर्थकलाई कारबाही गर्न पर्सा कांग्रेसको माग
-
कोशी प्रदेशमा मन्त्री बनाउने दौड
-
उद्योगी व्यवसायीको हितका लागि नीतिगत सुधारको अभियानमा छु : मन्त्री भण्डारी