बागमती प्रदेशमा कसले पाए कुन मन्त्रालयको जिम्मेवारी ?
हेटौँडा । बागमती प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ । आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद्मा सहभागी हुने ६ जना मन्त्रीको टुङ्गो लगाएर प्रदेश प्रमुखलाई सूची बुझाएका छन् ।
जम्कट्टेलले आइतबार दिउँसो ३ बजे मन्त्रीहरूको शपथ ग्रहण गराउने गरी मन्त्री र मन्त्रालयको जिम्मेवारीसमेत टुङ्ग्याएर सूची बुझाएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
जसअनुसार मुख्यमन्त्री जम्कट्टेलले कांग्रेसका एक बिना विभागियसहित ४ मन्त्रीलाई जिम्मेवारी थमाएका छन् । उनले कांग्रेसका रामकृष्ण चित्रकारलाई बिना विभागीय मन्त्री बनाएका छन् । यस्तै उत्तम जोशीलाई स्वास्थ्य मन्त्रालय, पुकार महर्जनलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र मसिना खड्कालाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।
त्यस्तै एकीकृत समाजवादीका लक्ष्मण लम्साललाई श्रम, रोजगार तथा यातायात मन्त्रालय र डा. राजेन्द्रमान श्रेष्ठलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
यसअघि मुख्यमन्त्री जम्कट्टेलले कांग्रेसका बहादुर सिंह लामा तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिएका थिए ।
यस्तै माओवादी केन्द्रबाट गंगा नारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कुमारी मोक्तान सामाजिक विकास मन्त्रालय र युवराज दुलाल, भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार
-
सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सेनाको उद्धारका लागि योजना बन्दैछ : प्रधानसेनापति
-
फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै
-
सहुलियत मूल्यमा न्यूरो उपचारका लागि सरकारी केन्द्र स्थापनाको तयारी, सम्भाव्यता अध्ययन गर्न समिति गठन
-
सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता छैन : उपसभापति गुरुङ
-
पर्यटनमन्त्रीको सय दिन : राम्रो काममा हल्ला बढी, निर्णयमा ‘डबल स्ट्यान्डर्ड’