सरकारको संलग्नता बिना विमानस्थलबाट सुन बाहिरिन सक्दैन : सांसद केसी
बिहीबार, ३२ साउन २०८०, १५ : १२
काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको मिलेमतो बिना विमानस्थलबाट सुन बाहिरिन नसक्ने बताएका छन् ।
बिहीबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको सुन सरकारमा रहेका शक्ति सम्पन्न व्यक्तिहरुको मिलेमतो बिना बाहिरिन नसक्ने बताए ।
सांसद केसीले दुई वटा मोबाइल र दुई तोला सुनसमेत नछोड्ने विमानस्थलबाट सुन बाहिरिनुले सत्ता केन्द्रको संलग्नता रहने स्पष्ट हुने बताए । उनले सुन तस्करीको अनुसन्धानका लागि निष्पक्ष, पारदर्शी, न्यायिक आयोग गठन हुनुपर्ने बताए ।
सांसद केसीले संसद् बन्धक राख्नेकुरा प्रमुख प्रतिपक्षको स्वभावका रुपमा परिणत हुँदै गएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस सरकार ढल्दै, अब कसको नेतृत्वमा नयाँ सरकार ?
-
माओवादीद्वारा मधेश सरकारलाई दिएको समर्थन फिर्ता
-
शीर्ष नेताहरुको प्रतिवद्धता बिना त्रिभुवन विश्वविद्यालयको पुनःसंरचना सम्भव छैनः मन्त्री श्रेष्ठ
-
सर्वोच्च परिसरबाट तारा बरालसहित ६ जना पक्राउ
-
मधेश सरकारबाट माओवादीका दुई मन्त्रीले दिए राजीनामा
-
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको तयारी