जापानले १७ वर्षमा पहिलो पटक बढायो ब्याजदर
टोकियो । जापानको केन्द्रीय बैंकले ब्याजदर बढाएको छ । बैंक अफ जापान (बीओजे)ले मंगलबार प्रमुख ब्याजदर माइनस शून्य दशमलव १ प्रतिशतबाट बढाएर शून्य प्रतिशतदेखि शून्य दशमलव १ प्रतिशतको बीचमा उकालेको छ । उपभोक्ता मूल्यमा आधारित महँगी बढिरहँदा देशभरमा धमाधम तलब वृद्धि भइरहँदा ब्याजदर वृद्धि गरिएको हो ।
सन् २०१६ मा बैंकले स्थिर बनेको अर्थतन्त्रलाई टेवा दिन ब्याजदर घटाएर शून्यभन्दा तल झारेको थियो । ऋणात्मक ब्याजदर हुने जापान विश्वको एक मात्रै देश थियो । अब कुनै पनि देशमा ब्याजदर ऋणात्मक स्तरमा छैन । बीओजेले प्रतिफल वक्र नियन्त्रण (वाईसीसी)को नीति पनि त्यागेको छ । यसमा ब्याजदर नियन्त्रण गर्न बीओजेले जापान सरकारले जारी गर्ने ऋणपत्र किन्ने गरेको थियो । यो नीति सन् २०१६ देखि लागू भएको थियो ।
गएको वर्षको अप्रिलमा काजुओ उएदा बीओजे गभर्नर बनेयता नै ब्याजदर बढ्ने अनुमान बढेको थियो । उपभोक्ता मूल्य सूचकमा आधारित मुद्रास्फीति केन्द्रीय बैंकको २ प्रतिशतको लक्ष्यमा आएकै बेलामा ब्याजदर वृद्धिको खबर आएको हो । यो महिनाको सुरुमा जापानका ठुला कम्पनीहरूले ५ दशमलव २८ प्रतिशतले कर्मचारीका तलब बढाउन सहमति गरेका थिए । यो वृद्धि तीन दशकभन्दा बढी समययताकै धेरै थियो ।
ब्याजदर शून्य भन्दा पनि तल झर्नुलाई ऋणात्मक ब्याजदर भनिन्छ । ब्याजदर ऋणात्मक हुँदा बैंकले ऋणीहरूलाई उल्टै पैसा दिएर ऋण दिन्छ भने निक्षेपकर्ताहरुले बचत गरेको पैसामा ब्याज पाउँदैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण