बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

लगानी सम्मेलनको दुई दिन नै नेप्से सूचकमा वृद्धि, ५ अर्ब ६४ करोडको कारोबार

सोमबार, १७ वैशाख २०८१, १५ : ३६
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । लगानी सम्मेलनको दुई दिन आइतबार र सोमबार नै नेप्से सूचक वृद्धि भएको छ । तेस्रो लगानी सम्मेलनको पहिलो दिन आइतबार १४.३३ अंकमाथिले नेप्से बढ्दै १९८०.२७ विन्दुमा उक्लिएकोमा सोमबार झिनो अंक (०.०७ अंक) ले बढ्दै १९८०.३४ अंकमा उक्लिएको हो । 

उसो त सोमबार अघिल्लो दिनको भन्दा २७ करोड ६८ लाख ७२ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार २ अर्ब ९५ करोड ९४ लाख ५८ हजार रुपैयाँ बराबरको ७३ लाख ४१ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको हो । 

अघिल्लो दिन १४.३३ अंकले नेप्से बढेको बजारमा २ अर्ब ६८ करोड २५ लाख ८६ हजार रुपैयाँ बराबरको ६८ लाख ७८ हजार कित्ता सेयर कारोबार भएको थियो । 

सोमबार बैंकिङ, डेभलपमेन्ट बैंक, फाइनान्स र म्युचुअल फण्ड समुहको उपसूचक धनात्मक भएका छन् भने बाँकी ९ वटा उपसूचक होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, नन् लाइफ इन्स्योरेन्स, ट्रेडिङ र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् । 

सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ४.१७ प्रतिशतले बढ्दा आज डेभलपमेन्ट बैंक समूहको उपसूचक १.६६ प्रतिशतले र बैंकिङ र म्युचुअल फण्डको उपसूचक क्रमशः ०.२९ प्रतिशतले र ०.३८ प्रतिशतले बढेका छन् । 

यता सोमबार सबैभन्दा बढी कमाउनेमा पोखरा फाइनान्स कम्पनी र जानकी फाइनान्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने पिपुल्स पावर कम्पनीका लगानीकर्ताहरुले ६ प्रतिशतले गुमाउन पुगेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप