सङ्घीयतामाथि चुनौती थपियो : बानियाँ
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीहरूले नै अधिकार चाहियो भनेर प्रधानमन्त्रीसँग माग्नुपर्ने अवस्थाले सङ्घीयतामाथि चुनौती थपिएको बताएका छन् । संविधानका अधिकारहरूका लागि मुख्यमन्त्री र मन्त्रीहरूले सिंहदरबार घेर्छु भन्ने चेतावनी दिनुपर्ने परिस्थितिले व्यवस्था माथि थप चुनौती थपिदिएको उनले बताए ।
प्रदेशसभाको बुधवार बसेको बैठकको विशेष समयमा बोल्दै सभापति बानियाँले संविधानको अधिकारलाई कार्यान्वयन गर्दै प्रहरी प्रशासन लगायतका संरचना सञ्चालनमा प्रदेश सरकार जिम्मेवार बन्नुपर्ने बताए । संविधानमा भएका त्रुटिहरू हटाउन संविधानको संशोधन गर्नुपर्ने उनले औँल्याए । वर्तमान निर्वाचन प्रणालीका कारण राजनीतिक अस्थिरता भइरहेकाले यसलाई सुधार गर्न जरुरी रहेको सभापति बानियाँले बताए ।
‘जनतालाई दिनुपर्ने डेलिभरी दिनुपर्ने विषयमा प्रदेश सरकारले काम गर्न किन नसकेको छ । विना विभागीय मन्त्री राख्ने जिम्मेवारी नदिने । अनि सङ्घीयताको चिन्ता मात्र गरेर हुन्छ’ उनले भने, ‘गरिब दिन दुःखीको अवस्था बदल्न के गर्ने भन्ने विषयमा सरकारले ध्यान दिन जरुरी छ । सरकार कानुन मात्र बनाउने कि काम पनि गर्ने हो । भाषा ऐन जारी गरेर मात्र हुँदैन कामकाजमा कहिले ल्याउने । भाषा अनुवादक किन नियुक्त नगरेको ?’
सभापति बानियाँले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वायत्त संरचनाको रूपमा विकास गर्नुपर्ने बताए । हेटौँडा अस्पतालको अस्तित्व कायम राख्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यक्रम सञ्चालनको मोडल बनाउनुपर्नेमा उनले जोड दिए । प्रतिष्ठानलाई सुविधा सम्पन्न भौतिक संरचना निर्माण गरेर अघि बढ्नुपर्ने उनले बताए ।
सङ्घीयता पहिचान सहितको विकासको मोडल भएकाले जनतालाई सहज सुविधा प्रदान गर्नुपर्ने उनको भनाई छ । जनताको अवस्था बदल्ने गरी रोजगारी सृजनामा ध्यान दिन जरुरी रहेकाले सिप सिकाउने र आर्थिक रूपमा सबल बनाउने प्रकृतिको कार्यक्रम ल्याउनु उनले सरकारलाई सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण