दाँतबाट खुल्यो जलाएर हत्या गरिएका विष्णुको पहिचान, घटना रहस्यमय
काठमाडौँ । काभ्रेको पाँचखाल नगरपालिका–४ स्थित जिरो किलोमा जलाएको अवस्थामा भेटिएको शव दोलखाका विष्णु प्रसाद सुवेदीको भएको पुष्टि भएको छ । वैशाख २८ मा उनी मृत भेटिएका हुन् । शव दोलखाको भीमेश्वर नगरपालिका–६ चरिकोट घर भएका विष्णु प्रसाद सुवेदी भएको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले रातोपाटीलाई बताए ।
अनुसन्धान अधिकृतहरूले दाँतबाट उनको पहिचान खुलाएका हुन् । माथिल्लो भागमा ३ वटा र तल्लो भागमा उनले ९ वटा दाँत हालेका थिए । सो आधारमा पहिचान खुलाइएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
रुखमा तारले बाँधेर जलाएको अवस्थामा शव फेला परेको थियो । ललितपुरको महालक्ष्मी नगरपालिका स्थित टिकाथलीमा पनि उनको घर छ । टिकाथलीबाट वैशाख २३ मा उनि दोलखा हिँडेका हुन् । जिरो किलोबाट त्यस दिन बिहान ११ बजेतिर टिकाथलीमा परिवारलाई फोन गरेर भने–‘म साथीहरूसँग एउटा काममा छु, बेलुकासम्म आउन सक्छु ।’
काम पुरा नभएर बेलुका नआउने उनले बताएको हुनाले परिवारका सदस्यहरू ढुक्क थिए । सुवेदीले जीरो किलो स्थित अपरिचितको मोबाइल मागेर परिवारलाई फोन गरेका हुन् । आफूले बोक्ने मोबाइल उनले टिकाथलीमा नै छाडेर गएको परिवारका सदस्यहरूले बताएका छन् ।
हत्या रहस्यमय देखिएको र घटनामा संलग्नबारे अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए । श्रेष्ठ भन्छन्–‘चरिकोट हिँडेको उहाँ जिरो किलोमा ओर्लनुभएको रहेछ, हामी अनुसन्धान गर्दै छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
-
१० बजे १० समाचार : बालेन सरकारलाई घेराबन्दी गर्ने तयारी, मधेसका रास्वपा सांसद असन्तुष्ट
-
जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल
-
शासकीय सुधारलाई निरन्तरता दिने विषयमा सरकारलाई कांग्रेसको समर्थन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण