बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

यस्तो छ ‘लण्डन टु पेरिस’को नयाँ गीत ‘हतारले’

मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ । गत शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आएको फिल्म हो ‘लण्डन टु पेरिस’ । फिल्मको नयाँ गीत ‘हतारले’ सार्वजनिक गरिएको छ । गीतमा फिल्मका मुख्य कलाकार निश्चल खड्का, कवीर खड्का, गरिमा शर्मा र रुष्मा थापा देखिएका छन् । 

गीतमा सलिन मगरको शब्द, संगीत र स्वर छ । घनश्याम लामिछाने निर्देशित फिल्म ट्राभल लभस्टोरीको कथा बनेको हो । फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । 

फिल्ममा साम्राज्ञी राज्य लक्ष्मी शाह, निश्चल खड्का, गरिमा शर्मा, कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको मुख्य अभिनय छ । निश्चल र गरिमाले यसै फिल्मबाट अभिनयमा डेब्यू गरेका हुन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्म गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्यमा अमित बस्नेतले बनाएका हुन् । आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना फिल्मका निर्माता हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया