शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संविधान दिवसमा सी चिनफिङको फोन, लीको सन्देश

शनिबार, ०४ असोज २०७६, ०८ : १३
शनिबार, ०४ असोज २०७६

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालसँग सहयोग र साझेदारी गहिरिँदै गएको बताएका छन् । उनले नेपालको राष्ट्रिय दिवसका अवसरमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई टेलिफोनबाट शुभकामना सन्देश दिने क्रममा यस्तो धारणा राखेका हुन् । 

निकट भविष्यमै नेपाल आउने अपेक्षा गरिएका चिनियाँ राष्ट्रप्रमुखको नेपाली समकक्षीसँग विरलै फोनवार्ता हुने गरेकामा यसलाई अर्थपूर्ण मानिएको छ ।
चिनियाँ सञ्चार माध्यमका अनुसार राष्ट्रपति सीले दुई देशको सम्बन्ध विकासमा चीनले उच्च ध्यान दिएको बताउँदै राष्ट्रपति भण्डारीसँग मिलेर चीन–नेपालबीच सहयोग र साझेदारीलाई अझै गहन पार्ने उल्लेख गरे । 

यस्तै चिनियाँ प्रधानमन्त्री ली खछ्याङले चीनले अघि सारेको बेल्ट एन्ड रोड (बीआरआई) को अवसर छोपेर चीन र नेपालबीचको सहकार्यलाई तीव्र बनाउन चाहेको बताएका छन् । नेपालको राष्ट्रिय दिवसमा प्रधानमन्त्री केपी ओलीलाई पठाएको शुभकामना सन्देशमा उनले भनेका छन्, ‘नेपालका प्रधानमन्त्रीसँगै मिलेर बीआरआईको प्रारूपमा चीन–नेपाल सहयोगको चौतर्फी विकासलाई अघि बढाउन इच्छुक छौं ।’कान्तिपुर दैनिकमा खबर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप