मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र

शुक्रबार, १४ वैशाख २०८१, १३ : ४५
शुक्रबार, १४ वैशाख २०८१

सुर्खेत । बिहीबार संसद्‌बाट विश्वासको मत लिएका कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल शुक्रबार बिहान काठमाडौँ पुगेका छन् । अर्थ मन्त्रालयद्धारा आयोजित एक कार्यक्रममा सहभागी हुन उनी काठमाडौँ गएका हुन् । 

उनले त्यहाँ पुगेर अर्थमन्त्री वर्षमान पुन र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलाई कर्णाली सरकारको तर्फबाट ध्यानाकर्षण पत्र बुझाएका छन् । जसमा अब आउने बजेटमा कर्णाली प्रदेशभित्रका गौरवका आयोजनाहरूलाई प्राथमिकता साथ समेट्न भनिएको छ । 

कर्णाली प्रदेशका महत्त्वपूर्ण र रणनीतिक आयोजनाहरू कर्णाली करिडोर, भेरी करिडोर, कोहलपुर–सुर्खेत चार लेन सडक निर्माण, सुर्खेत विमानस्थल विस्तार, भूकम्प प्रभावित जाजरकोट र रुकुममा पुनर्निर्माण तथा सुर्खेत उपत्यकाको तल्लो तटीय क्षेत्र डुबानबाट रोक्न  निकास खोला नियन्त्रण लगायतका आयोजनाहरूलाई विशेष प्राथमिकतामा राखी दिन आग्रह गरेका छन् ।

चालु आर्थिक वर्षको बजेटमा कर्णाली राजमार्गलाई केन्द्र सरकारले बजेट दिएको थिएन । ती योजनाहरूमा आवश्यक संरचनासहितको बजेट विनियोजन गर्न सङ्घीय मन्त्रीहरूलाई कँडेलले आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप