मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र
सुर्खेत । बिहीबार संसद्बाट विश्वासको मत लिएका कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल शुक्रबार बिहान काठमाडौँ पुगेका छन् । अर्थ मन्त्रालयद्धारा आयोजित एक कार्यक्रममा सहभागी हुन उनी काठमाडौँ गएका हुन् ।
उनले त्यहाँ पुगेर अर्थमन्त्री वर्षमान पुन र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलाई कर्णाली सरकारको तर्फबाट ध्यानाकर्षण पत्र बुझाएका छन् । जसमा अब आउने बजेटमा कर्णाली प्रदेशभित्रका गौरवका आयोजनाहरूलाई प्राथमिकता साथ समेट्न भनिएको छ ।
कर्णाली प्रदेशका महत्त्वपूर्ण र रणनीतिक आयोजनाहरू कर्णाली करिडोर, भेरी करिडोर, कोहलपुर–सुर्खेत चार लेन सडक निर्माण, सुर्खेत विमानस्थल विस्तार, भूकम्प प्रभावित जाजरकोट र रुकुममा पुनर्निर्माण तथा सुर्खेत उपत्यकाको तल्लो तटीय क्षेत्र डुबानबाट रोक्न निकास खोला नियन्त्रण लगायतका आयोजनाहरूलाई विशेष प्राथमिकतामा राखी दिन आग्रह गरेका छन् ।
चालु आर्थिक वर्षको बजेटमा कर्णाली राजमार्गलाई केन्द्र सरकारले बजेट दिएको थिएन । ती योजनाहरूमा आवश्यक संरचनासहितको बजेट विनियोजन गर्न सङ्घीय मन्त्रीहरूलाई कँडेलले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण