आईसीसी वरीयतामा दीपेन्द्रको छलाङ, म्यासवेल र स्यान्टरलाई पनि उछिने
काठमाडौँ । आईसीसीको पुरुष टी–२० अलराउन्डरको वरीयतामा नेपालका दीपेन्द्र सिंह ऐरीले ठुलो फड्को मार्न सफल भएका छन् । पछिल्लो समय टी–२० खेलहरूमा उत्कृष्ट प्रदर्शन गरिरहेका ऐरी १४ स्थानमाथि उक्लिन सफल भएका हुन् ।
नयाँ वरीयता अनुसार ऐरी ११ औँ स्थानमा उक्लिएका छन् । १ सय ४५ रेटिङसहित उनले अस्ट्रेलियाका मिचेल मार्स, जेसन होल्डर, न्युजिल्याण्डका मिचेल स्यान्टनर, अस्ट्रेलियाकै ग्लेन म्याक्सवेलजस्ता खेलाडीहरूलाई उछिन्न सफल भएका हुन् ।
आईसीसीको टी–२० पुरुष अलराउन्डरको वरीयताको शीर्ष स्थानमा बंगलादेशका शाकिब अल हसन रहेका छन् । दोस्रो स्थानमा वानिन्दु हसरंगा, तथा तेस्रो स्थानमा अफगानिस्तानका मोहम्मद नाबी रहेका छन् ।
त्यसपछि क्रमशः दक्षिण अफ्रिकाका ऐडेन मार्क्रम, अस्ट्रेलियाका मार्कस स्टोइनिस, जिम्बाव्वेका सिकन्दर राजा, भारतका हार्दिक पाण्ड्या, इंग्ल्याण्डका लियाम लिभिङस्टोन र मोइन अली तथा पाकिस्तानका शादाब खान छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
-
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएन : अध्यक्ष विश्वकर्मा
-
३ देश, ४८ टोली र नयाँ नियमसहित इतिहासकै सबैभन्दा ठुलो फुटबल महोत्सव
-
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026