मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ–३१ का ६० जना ज्येष्ठ नागरिक सामूहिक सैलुङ भ्रमणमा

शुक्रबार, १४ वैशाख २०८१, ११ : ४५
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । दोलखाको सैलुङ देशकै आकर्षक पर्यटकीय गन्तव्यस्थल बन्दै आएको छ । प्राकृतिक सुन्दरता, भौतिक पूर्वाधारको विकास, स्थानीय कला संस्कृति, रहनसहन, कला परम्परा र त्यस क्षेत्रका बासिन्दाको सक्रियताले आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि भइरहेको छ । 

काठमाडौँसहित देशका विभिन्न स्थानबाट सैलुङ भ्रमण गर्नेहरूको सङ्ख्या बढ्दो छ । यसरी भ्रमण गर्नेमा वर्तमान तथा पूर्व प्रशासक, व्यवसायी, साहित्यकार, कलाकार,   पत्रकार, राजनीतिकर्मी एवम् समाजसेवी रहेका छन् । 

पछिल्लो समय भारत, चीन लगायतका देशबाट समेत पर्यटन आइरहेको बताउँछन् समाजसेवी शोभित उप्रेती ।  उप्रेतीकै पहलमा शुक्रबार काठमाडौँ वडा नम्बर ३१ का ६० जना ज्येष्ठ नागरिक सैलुङतर्फ लागेका छन् । त्यहाँ उनीहरूले विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्ने उप्रेतीले जानकारी दिए । 

सैलुङ भ्रमणमा जान पाउँदा ज्येष्ठ नागरिकहरूले प्रसन्नता व्यक्त गरेका छन् । ६० जनाको टोली शनिबार साँझ काठमाडौँ फर्कनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप