आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
क्षति

डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा

शुक्रबार, १४ वैशाख २०८१, ०८ : ०९
शुक्रबार, १४ वैशाख २०८१

बारा । रौतहटको जङ्गलमा लागेको डढेलोमा परेर चरिचरनमा राखिएको मौरीका घार जलेर नष्ट भएका छन् ।  निजगढ नगरपालिका–४ का ढकप्रसाद तिमल्सिनाको करिब ७० गोला मौरी पूर्ण रूपमा जलेर नष्ट भएको हो  । तिमिल्सिनाले रौतहटको वन क्षेत्रसँग रहेको  पौराही मन्दिर नजिकै चैत २८ गते चरिचरनमा राखेको मौरीघार मंगलवार जलेर नष्ट उनले बताएका छन् । 

‘मह काट्न ठिक्क तयार भएको मौरी गोला जङ्गलमा लागेको डढेलोमा परेर सबै नष्ट भयो, १२० घारमा ७० घार पुरै नष्ट भयो बाँकी मौरी पनि गुम्सिएर मरेका छन्’ तिमिल्सनाले भने ‘हामीले मौरीको बिमा पनि गरेका थियौ तर अहिले बिमा दाबी गर्न जाँदा कम्पनीले गोदाममा भएको मौज्याद महको मात्रै बिमा गरेको हो मौरीको बिमा छैन भनेर फिर्ता पटाइदियो ।’

ढकप्रसादले ७ वर्षअघि कतारबाट फर्किएर दाजु यज्ञप्रसाद तिमिल्सनासँगै मौरी पालन सुरु गरेका थिए । तिमिल्सना दाजुभाइ बारा जिल्लामै सबैभन्दा धेरै मह उत्पादन गर्ने किसान हुन् उनीहरूसँग मात्रै ३ सय गोला मौरी छ  । 

ढकप्रसादले मात्रै वार्षिक ४ टनसम्म मह उत्पादन गर्दछन् । भने उनका दाजुले पनि सोही परिणाममा मह उत्पादन गर्छन् । पछिल्लो डेढ २ सातादेखि मधेस प्रदेशको जङ्गलमा लागेको डढेलोले मौरी पालक किसानहरू ठुलो मर्कामा परेका छन् । मधेस प्रदेशका जङ्गलमा अहिले ५ हजार भन्दा धेरै गोला मौरी चरिचरनमा छन् । 

नेपाल मौरी पालक महासंघ मधेस प्रदेशका अध्यक्ष रत्नदास खतिवडाले जङ्गलमा लागेको डढेलोले सबैभन्दा धेरै मर्कामा मौरी पालक किसानहरू परेको बताए । ‘विगत ३÷४ वर्षदेखि डढेलो नलागेको जङ्गलमा पनि यो वर्ष डढेलो लागेको छ, यो वर्ष मौरी पाल्ने किसानहरू धेरै मर्कामा छन्, डढेलोले चरिचरनमा गएका मौरी फर्किएर आएका छैनन्’ अध्यक्ष खतिवडाले भने ‘सरकारले कृषिमा लागत र उत्पादन मध्ये एकको मात्रे बिमा गर्ने भएकोले मौरीको बीमा हुँदैन्, गोदाममा राखेको स्टक महको बिमाले दाबी पुग्दैन ।’

मधेस प्रदेश मह उत्पादनमा सबैभन्दा अगाडी पर्दछ । यहाँ २५३ जना मौरी पालक कृषकले वार्षिक एक सय टन भन्दा धेरै मह उत्पादन गर्दछन् ।  

m3

‘हामीले एनएमबि बैंक मार्फत मौरीको बिमा गरेका थियौ, तर अहिले बिमा दाबी गर्न जाँदा उहाँहरूले स्टक महको मात्रै बिमा दाबी हुन्छ, मौरीको बिमा हुदैन भनेर फर्काइदिनुभयो’ मौरी पालक कृषक ढकप्रसादले भने ‘हामी मौरी पाल्ने किसानहरूले उत्पादन गरेको प्राकृतिक शुद्ध महको बजारीकरण र बिमामा सरकारले सहजीकरण गरिदिओस् भन्न चाहन्छु ।’

यता एनएमबी बैंक निजगढ शाखा प्रमुख सुरेश अधिकारीले किसानहरूको मौरीको बिमा गर्ने प्रावधान नै नभएको बत्ताउँछन् ।  ‘उहाँहरूको स्टक महको मात्रै बिमा हुन्छ, त्यो पनि स्टक राखेको ठाउँमा नै कुनै घटना भयो भने मात्रै’ अधिकारीले भने  ।

m7

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप