भाटभटेनीमा आगलागी हुँदा एक करोडभन्दा बढीको क्षति
काठमाडौँ । काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित भाटभटेनी सुपर मार्केटमा करेन्ट सर्ट भई शुक्रबार साँझ आगलागी हुँदा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । नेपाल प्रहरीका अनुसार १ करोड ७० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।
आगलागीमा परेर जेनेरेटर २ थान, ट्रान्सफर्मर १ थान, प्यानल बोड १ थान, बीसीटी १ थान, फ्रिज कम्प्रेशर १ थान जलेर नष्ट भएको छ ।
यता सप्तरीको सुरुङ्गा नगरपालिका-८ महुलियास्थित एनसेल टावरमा जेनरेटरको तार सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा जेनेरेटर १ थान जलेर करिब ३५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी रामेछापको मन्थली नगरपालिका-१३ देविटार बस्ने कमल राज गिरीको घरमा शनिबार बिहान आगलागी हुँदा भाँडावर्तन, अन्नपात लगायतका सरसमान जलेर करिब करिब ९ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण