शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भाटभटेनीमा आगलागी हुँदा एक करोडभन्दा बढीको क्षति

शनिबार, ०१ वैशाख २०८१, १६ : ५४
शनिबार, ०१ वैशाख २०८१

काठमाडौँ । काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित भाटभटेनी सुपर मार्केटमा करेन्ट सर्ट भई शुक्रबार साँझ आगलागी हुँदा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । नेपाल प्रहरीका अनुसार १ करोड ७० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो । 

आगलागीमा परेर जेनेरेटर २ थान, ट्रान्सफर्मर १ थान, प्यानल बोड १ थान, बीसीटी १ थान, फ्रिज कम्प्रेशर १ थान जलेर नष्ट भएको छ ।

यता सप्तरीको सुरुङ्गा नगरपालिका-८ महुलियास्थित एनसेल टावरमा जेनरेटरको तार सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा जेनेरेटर १ थान जलेर करिब ३५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी रामेछापको मन्थली नगरपालिका-१३ देविटार बस्ने कमल राज गिरीको घरमा शनिबार बिहान आगलागी हुँदा भाँडावर्तन, अन्नपात लगायतका सरसमान जलेर करिब करिब ९ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप