रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
बिहीबार, १३ वैशाख २०८१, १८ : २८

बुटवल । सशस्त्र प्रहरीले रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद गरेको छ । बिहीबार सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपाल ल्याएको चिनी बरामद गरेको हो ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– ६ स्थित गोदाम बनाएर नेपाली चिनी मिलहरूको बोरामा प्याकिङ गरिरहेको अवस्थामा उक्त चिनी बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तै १ थान बोरा सिलाउने मेसिन पनि बरामद गरिएको प्रहरीले बताएको छ ।
उक्त चिनीको मूल्य रु ६ लाख ६६ हजार २ सय ५० र मेसिनको मूल्य रु १० हजार गरी रु ६ लाख ७६ हजार २ सय ५० भन्सार दाखिला गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक डीएसपी मोहन न्यौपानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेशम चौधरीले जब आमासँग राजनीति छाड्ने प्रस्ताव राखे...!
-
फ्लिकले कसरी ‘फुच्चे केटाहरू’ को टोलीलाई च्याम्पियन बनाए ?
-
माओवादी जनताको बलमा सत्तामा पुगेको हो : अध्यक्ष दाहाल
-
मदन–आश्रित हत्याकाण्डको छानबिन हुनुपर्छ : माधव नेपाल
-
शेखरको नजरमा यस्तो छ गभर्नर नियुक्तिमा चलखेल हुनुको कारण
-
धरहराबाट तीन करोड ७३ लाख सङ्कलन