रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
बिहीबार, १३ वैशाख २०८१, १८ : २८
बुटवल । सशस्त्र प्रहरीले रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद गरेको छ । बिहीबार सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपाल ल्याएको चिनी बरामद गरेको हो ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– ६ स्थित गोदाम बनाएर नेपाली चिनी मिलहरूको बोरामा प्याकिङ गरिरहेको अवस्थामा उक्त चिनी बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तै १ थान बोरा सिलाउने मेसिन पनि बरामद गरिएको प्रहरीले बताएको छ ।
उक्त चिनीको मूल्य रु ६ लाख ६६ हजार २ सय ५० र मेसिनको मूल्य रु १० हजार गरी रु ६ लाख ७६ हजार २ सय ५० भन्सार दाखिला गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक डीएसपी मोहन न्यौपानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण