पटनाको होटलमा आगलागी, ६ जनाको मृत्यु
बिहार । भारतको बिहारको राजधानी पटनामा भीषण आगलागीमा परेर ६ जनाको मृत्यु भएको छ । ७ जना गम्भीर घाइतेको पटनाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
पटना सिटीका एसपी चन्द्र प्रकाशले भीषण दुर्घटनामा ६ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । मृत्यु हुनेमा तीन महिला र तीन पुरुष रहेका छन् । पटना स्टेशन नजिकै रहेको पाल होटल कम रेष्टुरेन्टमा आगलागीको कारण सिलिन्डर विस्फोट भएको बताइएको छ । प्रहरीका अनुसार दुई जनाको घटनास्थलमै र चार जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
पटना स्टेसन नजिकै रहेको पाल होटलमा लागेको आगोलाई नियन्त्रणमा लिन दमकल टोलीले निकै मेहनत गर्नुपरेको थियो । आगो निभाउन दमकलका धेरै गाडीलाई घण्टौँ समय लागेको थियो । घटनालगत्तै अग्नि नियन्त्रण विभागकी डीजी शोभा अहोटकर पनि घटनास्थल पुगेकी थिइन् । आसपासका क्षेत्रमा तीव्र हावा चलिरहेको थियो ।
आगलागी आसपासका क्षेत्रमा फैलिन नदिन सावधानीका रूपमा बिजुली काटिएको थियो । होटलमा आगलागीपछि ४५ जनाको उद्धार गरी बाहिर निकालिएको छ भने ३८ जनाको पटनाको पीएमसीएच उपचार भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण