लरेन्स विश्नोईको भाईले लिए सलमानको घरबाहिर गोली प्रहारको जिम्मा

मुम्बई । बलिउडका भाइजान सलमान खानको घरबाहिर आइतबार बिहानै भएको गोली प्रहारको जिम्मा ग्याङ्स्टार लरेन्स विश्नोईका भाईले लिएका छन् ।
आइतबार ४ बजेर ५५ मिनेटमा बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्ट अगाडि दुई बाइक सवारले ६ राउण्ड गोली हानेका थिए । आक्रमणकारीहरूले हावामा गोली हानेर भागेका थिए ।
लरेन्स विश्नोईका भाइ अनमोल विश्नोईले अभिनेताको घर बाहिर आफूले गोली चलाएको बताएका छन् । आक्रमणको दाबी गरिएकको पोस्ट सामाजिक सञ्जालमाम भाइरल भइरहेको छ । खानको घरभित्र गोली भेटिएको दाबी मुम्बई प्रहरीको अपराध शाखाका एक अधिकारीले गरेका छन् ।
यसअघि नै अक्रमणको पछाडि लरेन्श विश्नोईको हात हुन सक्ने अड्कलबाजी आइरहेको थियो । सुरक्षा एजेन्सीहरूले यस मामिलामा लरेश विश्नोईसँग पनि सोधपुछ गर्न सक्ने बताइएको छ ।
‘हामी शान्ति चाहन्छौं, उत्पीडनविरुद्धको निर्णय युद्धबाट गर्नुपर्छ भने युद्धै सही,’ पोष्टमा भनिएको छ । हवाई फाइरिङ आफ्नो शक्ति प्रदर्शन गर्ने टे«लर भएको पोष्टमा भनिएको छ । सलमानले आफूहरूको ताकत कस्तो रहेछ भन्ने बुझुन् अनि ताकत जाँच्ने चेष्टा नगरुन भन्नका लागि सो फाइरिङ गरिएको पनि पोष्टमा उल्लेख गरिएको छ ।
यो नै पहिलो र अन्तिम चेतावनी भएको पनि पोस्टमा भनिएको छ । अबका दिनमा गोली घर ताकेर मात्रै नचल्ने चेतावनी पनि पोष्टमा दिइएको छ । यो घटनाको सीसीटीभी फुटेज पनि बाहिर आएको बताइएको छ । भिडियोमा बाइकमा सवार आक्रमणकारीहरु देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर
-
खोटाङमा टेबलटेनिस र बुद्धिचाल प्रतियोगिता सुरू
-
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री