सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

ढुङ्गाले हानेर दाइको हत्या

बुधबार, १२ वैशाख २०८१, १८ : ५२
बुधबार, १२ वैशाख २०८१

कञ्चनपुर । आफ्नै दाइ नाता पर्नेलाई हत्या गरेको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । ४० वर्षीय गणेश नेपालीको ढुङ्गा प्रहार गरी हत्या गरिएको हो । 

हत्या अभियोगमा भिमदत्त नगरपालिका-१ सृजना टोल बस्ने ३५ वर्षीय दीपक नेपालीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दीपकले ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका गणेशको महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरमा उपचारको क्रममा मृत्यु भएको थियो । 

यसबारे खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप