ढुङ्गाले हानेर दाइको हत्या
बुधबार, १२ वैशाख २०८१, १८ : ५२
कञ्चनपुर । आफ्नै दाइ नाता पर्नेलाई हत्या गरेको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । ४० वर्षीय गणेश नेपालीको ढुङ्गा प्रहार गरी हत्या गरिएको हो ।
हत्या अभियोगमा भिमदत्त नगरपालिका-१ सृजना टोल बस्ने ३५ वर्षीय दीपक नेपालीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दीपकले ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका गणेशको महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यसबारे खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहसचिव दरबन्दी भएको डडेल्धुरामा फेरि उपसचिव नै सीडीओ, वली पुनः सहायक भूमिकामा
-
प्रदेश सभा खारेजी र प्रदेश सरकार पुनर्संरचनाको बहसमा के भन्छन् कर्णालीका नेता ?
-
अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने
-
प्रदेश सभाबिनाको सङ्घीयता कल्पना गर्न सकिँदैन : पूर्वमुख्यमन्त्री शाही
-
लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो
-
प्रदेश सभा खारेज गर्दैमा सङ्घीयता खारेज भयो भन्न मिल्दैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण