कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
पोखरा । गत मङ्सिर अन्तिम साता लेखनाथमा कार दुर्घटना हुँदा दुई युवतीको मृत्यु भयो । अनिसा खड्का र भावना बरालको उक्त दुर्घटनामा ज्यान गएपछि आफन्तले कार चालक विरुद्ध जाहेरी दिए ।
अहिले चालक कारागारमा छन् । चालक मानबहादुर बानियाँले जेल बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने मागसहित उच्च अदालतमा निवेदन दिए । तर उच्चले उनको माग सुनेन । चैत २२ गते उनलाई थुनामै राख्न आदेश दिएको छ ।
कास्कीमा पछिल्लो ३ महिनामा मात्रै सवारी दुर्घटनामा ज्यान गुमाएका आफन्तले ७ वटा सवारी ज्यान सम्बन्धी मुद्दा दर्ता गरेका छन् । यो अवधिमा १७ वटा ठुला दुर्घटना भएका छन् । दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा १९ जना घाइते भएका छन् । केहीको अहिले पनि उपचार भइरहेको छ ।
माघ, फागुन र चैत महिनामा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेहरू अत्यधिक रहेको प्रहरीले जनाएको छ । साेही अवधिमा २१ हजार १ सय ९२ वटा सवारीमाथि कारबाही गरिएको छ ।
ती सवारी कारबाहीबाट १ करोड ७७ लाख ९२ राजश्व असुली गरेको छ । राजश्व उठाउने भन्दा पनि सचेतनाका लागि प्रहरीले काम गरिरहेको डीएसपी वसन्तकुमार शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण