सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु

शुक्रबार, १४ वैशाख २०८१, १२ : २२
शुक्रबार, १४ वैशाख २०८१

पोखरा । गत मङ्सिर अन्तिम साता लेखनाथमा कार दुर्घटना हुँदा दुई युवतीको मृत्यु भयो । अनिसा खड्का र भावना बरालको उक्त दुर्घटनामा ज्यान गएपछि आफन्तले कार चालक विरुद्ध जाहेरी दिए ।

अहिले चालक कारागारमा छन् । चालक मानबहादुर बानियाँले जेल बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने मागसहित उच्च अदालतमा निवेदन दिए । तर उच्चले उनको माग सुनेन । चैत २२ गते उनलाई थुनामै राख्न आदेश दिएको छ ।

कास्कीमा पछिल्लो ३ महिनामा मात्रै सवारी दुर्घटनामा ज्यान गुमाएका आफन्तले ७ वटा सवारी ज्यान सम्बन्धी मुद्दा दर्ता गरेका छन् । यो अवधिमा १७ वटा ठुला दुर्घटना भएका छन् । दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा १९ जना घाइते भएका छन् । केहीको अहिले पनि उपचार भइरहेको छ ।

माघ, फागुन र चैत महिनामा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेहरू अत्यधिक रहेको प्रहरीले जनाएको छ । साेही अवधिमा २१ हजार १ सय ९२ वटा सवारीमाथि कारबाही गरिएको छ ।

ती सवारी कारबाहीबाट १ करोड ७७ लाख ९२ राजश्व असुली गरेको छ । राजश्व उठाउने भन्दा पनि सचेतनाका लागि प्रहरीले काम गरिरहेको डीएसपी वसन्तकुमार शर्माले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप