लुम्बिनी प्रदेशमा भागबण्डा मिलाउन दुई मन्त्रालय थपियो
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले ७ जना विनाविभागीय मन्त्रीको कार्य विभाजन गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १० मन्त्रालय रहेको लुम्बिनीमा महराले गठबन्धन दलबिच भागबण्डा मिलाउन मन्त्रालय फुटालेर १२ वटा बनाएका हुन् ।
बुधबार मुख्यमन्त्री महराले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय थपेका छन् । मन्त्रालय थपेर मुख्यमन्त्री महराले विनाविभागीय मन्त्रीहरूलाई जिम्मेवारी समेत तोकेका छन् ।
जसअनुसार एमालेका भूमिश्वर ढकाललाई सहरी विकास तथा खानेपानी मन्त्रालय, दिनेश पन्थीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, अर्जुनकुमार केसीलाई वन तथा वातावरण मन्त्रालय, रत्नबहादुर खत्रीलाई सामाजिक विकास मन्त्रालय, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास र यातायात मन्त्रालय, नेकपा एकीकृत समाजवादीकी भगवती अधिकारीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, स्वतन्त्र सांसद खड्ग बस्नेतलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ । यसअघि एमालेका चेतनारायण आचार्यलाई आर्थिक मामिला मन्त्रालय, नेकपा माओवादी केन्द्रका दीपेन्द्र पुनलाई स्वास्थ्य मन्त्रालय र जसपाका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।तर, अहिरले सहमति अनुसार मन्त्रालय नपाएको भन्दै मन्त्री पदबाट राजीनामा दिएका थिए । तर उनको राजीनामा स्वीकृत भएको छैन ।
सत्ता साझेदार दललाई रिझाउन मन्त्रालय फुटाउने र सङ्ख्या बढाउने काम गरिएको छ । अझै जसपा र नागरिक उन्मुक्तिको माग पूरा भएको छैन । दुवै दलले थप एकाएक मन्त्रालय पाउनुपर्ने अडान राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण