सुदूरपश्चिम प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि
बिहीबार, २५ असार २०७७, १६ : ५०
कैलाली । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणबाट थप १६ जनामा कोभिड–१९ (कोरोनाभाइरस) संक्रमण पुष्टि भएको छ ।
आज गरिएको परीक्षणबाट ८ महिला र ८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
अछाम मगलसेनका ७५ वर्षिया १ पुरुष, साँफेबगरका ३७ र ३० वर्षका २ महिला, चौरपाटीका २३ वर्षकी १ महिला, बाजुरा त्रिबेणीकी ७ वर्षिया १ बालिका र ७ वर्षका १ जना बालक रहेका छन् ।
त्यसैगरी कैलाली गौरीगंगाका २५, २० र ४४, वर्षका ३ पुरुष, गोदावरीका २२, १४ र ५ वर्षीया (बालिका) सहित ३ महिला २४ र ४५ वर्षका २ पुरुष तथा कंचनपुर कृष्णपुरका ३२ वर्षका १ पुरुष र कंचनपरकै भीमदत्तका २८ वर्षीय १ जना महिला रहेकोे सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी