शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मोफसलको दौडमा ‘जोनी जेन्टलम्यान’, पल र आँचलको देखियो क्रेज

मङ्गलबार, २७ भदौ २०७४, १९ : ३५
मङ्गलबार, २७ भदौ २०७४

काठमाडौं – अभिनेत्री आँचल शर्मा र अभिनेताको पल शाहको चर्चा अचेल निकै हुने गरेको छ । ३० भदौबाट प्रदर्शनमा आउँने चलचित्र ‘जोनी जेन्टलम्यान’का कारणले पनि यि कलाकारको चर्चा हुने गरेको हो ।


 चलचित्रममा यि दुबै कलाकार मुख्य भुमिकामा रहेका छन् । दुबै कलाकार चलचित्र युनिट सहित अहिले मोफसलको दौडमा निस्किएका छन् । चलचित्रको प्रदर्शनलाई सफल बनाउँन उनीहरु मोफसल दौडमा  होमिएका हुन् ।
 केही दिन पहिले मोफसलको दौडमा हिडेको चलचित्र युनिट पोखरा, बुटवल हुँदै मंगलबार नारायनघाट पुगेको छ । बुधबार हेटौडा प्रचार सहित टोली राजधानी फर्किने निर्माता अजय मल्ल ठकुरीले बताए ।


मोफसलको दौडका क्रममा चलचित्र युनिटले बिभिन्न ठाउँमा पत्रकार भेटघाटको कार्यक्रम समेत गरेका छन् । कार्यक्रममा ‘जोनी जेन्टलम्यान’ टिमले चलचित्रको प्रचार प्रसार गर्दै दर्शकसँग सिधै अन्तत्र्रिmया समेत गरेको छ । अन्तत्र्रिmयामा चलचित्र प्रति दर्शकको सकारात्म सोच पाएको निर्माण युनिटले जनाएको छ । मोफसलको दौडमा चलचित्रका कलाकार पल शाह र आँचल शर्माको समेत राम्रो क्रेज देखिएको निर्माण युनिटको भनाई रहेको छ ।
‘जोनी जेन्टलम्यान’ नितिन चन्दको निर्देशन र एन्ड्रियु पौडेलको निर्माणमा तयार भएको चलचित्र हो । चलचित्रमा पल शाह, आँचल शर्मा, विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरी लगायतको अभिनय रहेको छ ।


रुपेश थापा, रामशरण उप्रेतीको छायाँकन, पारस विक्रम शाह र देव महर्जनको द्धन्द्ध, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन रहेको चलचित्रका कार्यकारी निर्माता अजय मल्ल ठकुरी हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप