शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखामा मतदान केन्द्र नजिक बम विस्फोट

आइतबार, १० मङ्सिर २०७४, ०८ : १९
आइतबार, १० मङ्सिर २०७४

गोरखा - गोरखाको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत गण्डकी गाउँपालिका वडा नम्बर ४ मा रहेको कालिका आधारभुत विद्यालयको बुथ नजिक बम विस्फोट भएको छ ।

उक्त विद्यालयको बुथ नजिक दुई स्थानमा सुतली बम विस्फोट भएको गोरखा प्रहरीले जनाएको छ ।

विस्फोटको जिम्मा कसैले लिएको छैन । विस्फोटबाट कुनै क्षति भएको छैन । 

निर्वाचन विथोल्ने कुनै संघठन वा पार्टीले निर्वाचन विरोधि गतिविधिस्वरुप मतदातालाई तर्साउनका लागि यस्ता घटना गराएको हुनसक्ने प्रहरीले जनाएको छ ।

तर, निर्वाचनमा सुरक्षा व्यवस्था मजबुद बनाइएको हुँदा ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह सुरक्षा निकायले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप