बागमतीको संसद् चलाउन सर्वदलीय बैठक बस्दै
मकवानपुर । बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि आज सर्वदलीय बैठक बस्दै छ । सभामुख भुवनकुमार पाठकले प्रदेशसभा बैठक सञ्चालनका लागि दिउँसो १ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।
सत्ता समीकरण परिवर्तन पछि दलहरू बिचको विवाद हल गर्ने र संसद् बैठक सञ्चालनको लागि सभामुख पाठकले सर्वदलीय बैठक आह्वान गरेका हुन् । सर्वदलीय बैठक प्रदेशसभा सचिवालय हेटौँडामा बस्ने तयारी गरिएको छ । बैठकमा संसद् सञ्चालन, विषयगत संसदीय समितिको सभापति चयन लगायतका विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।
प्रदेशसभा गठनको डेढ वर्ष अवधिसम्म प्रदेशसभामा रहेका ५ वटा विषयगत संसदीय समितिको सभापति चयन हुन सकेका छैनन् । समितिको सभापति चयनका लागि दलहरू बिच सहमति जुटाउने गरी छलफलका सर्वदलीय बैठकमा हुने जनाइएको छ ।
बैठकमा प्रदेशसभाको वर्षे (बजेट अधिवेशन) आह्वानका विषयमा छलफल हुनेछ । आगामी आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम पेस गर्न संसद् बैठक आह्वानका विषयमा छलफल हुनेछ ।
गत चैत १९ गते यता प्रदेशसभा बैठक सञ्चालन हुन सकेको छैन । चैत १९ मा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मत लिएसँगै स्थगित गरिएको प्रदेशसभा बैठक अधिवेशन वैशाख १२ गतेको मन्त्रिपरिषद्को सिफारिस अनुसार अन्त्य गरिएको थियो । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको चालु अधिवेशन वैशाख १२ गते राति १२ बजेबाट अन्त्य गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण