बागमतीको संसद् चलाउन सर्वदलीय बैठक बस्दै

मकवानपुर । बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि आज सर्वदलीय बैठक बस्दै छ । सभामुख भुवनकुमार पाठकले प्रदेशसभा बैठक सञ्चालनका लागि दिउँसो १ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।
सत्ता समीकरण परिवर्तन पछि दलहरू बिचको विवाद हल गर्ने र संसद् बैठक सञ्चालनको लागि सभामुख पाठकले सर्वदलीय बैठक आह्वान गरेका हुन् । सर्वदलीय बैठक प्रदेशसभा सचिवालय हेटौँडामा बस्ने तयारी गरिएको छ । बैठकमा संसद् सञ्चालन, विषयगत संसदीय समितिको सभापति चयन लगायतका विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।
प्रदेशसभा गठनको डेढ वर्ष अवधिसम्म प्रदेशसभामा रहेका ५ वटा विषयगत संसदीय समितिको सभापति चयन हुन सकेका छैनन् । समितिको सभापति चयनका लागि दलहरू बिच सहमति जुटाउने गरी छलफलका सर्वदलीय बैठकमा हुने जनाइएको छ ।
बैठकमा प्रदेशसभाको वर्षे (बजेट अधिवेशन) आह्वानका विषयमा छलफल हुनेछ । आगामी आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम पेस गर्न संसद् बैठक आह्वानका विषयमा छलफल हुनेछ ।
गत चैत १९ गते यता प्रदेशसभा बैठक सञ्चालन हुन सकेको छैन । चैत १९ मा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मत लिएसँगै स्थगित गरिएको प्रदेशसभा बैठक अधिवेशन वैशाख १२ गतेको मन्त्रिपरिषद्को सिफारिस अनुसार अन्त्य गरिएको थियो । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको चालु अधिवेशन वैशाख १२ गते राति १२ बजेबाट अन्त्य गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र एमआइटीका अनुसन्धानकर्ता मिङ्मार शेर्पाबिच भेटवार्ता
-
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, के भयो कुराकानी ?
-
१० बजे १० समाचार : रवीन्द्र पनि छुटे, धरानमा तनाव
-
तीन ठूला दलप्रति डा.भट्टराईको कटाक्ष : ‘गोरूबाट दूधको आश’ नगरौँ
-
घट्दो जन्मदरको मुख्य कारण आर्थिक बोझ र सामाजिक असहजता : युएनएफपीए
-
सन्दीप चम्किँदा नेपाललाई सामान्य लक्ष्य