पाण्डेलाई सर्वोत्कृष्ट गीतकारको अवार्ड
काठमाडौँ । गीतकार दयाराम पाण्डेले सर्वोत्कृष्ट गीतकारको अवार्ड प्राप्त गरेका छन् । नेपाल सङ्गीत उद्योग संघले राजधानीमा आयोजना गरेको ‘विश्वनाथ केडिया तेस्रो अमिन म्युजिक अवार्ड २०२४’मा पाण्डेले आधुनिक गीत रचना विधातर्फ ‘सम्झना..’ बोलको गीतबाट यो अवार्ड प्राप्त गरेका हुन् ।
गीत लेखनमा बेग्लै पहिचान बनाएका पाण्डेलाई अवार्ड मन्त्रीपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले र मेडल नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालले प्रदान गरे । कार्यक्रममा पाण्डेलाई पब्लिक च्वाईसतर्फको सर्वोत्कृष्ट गीतकारको अवार्ड प्रदान गरिएको हो ।
वर्षभरिका गीतहरू मध्ये उत्कृष्ट पाँचमा छनौट भई ती पाँचमा पनि पहिलो हुन सफल भएको दयारामले लेखेको ‘सम्झना..’ मा कृश रिजालको सङ्गीत र इन्डियन आइडल तेस्रो सिजनका उपविजेता अमित पलको स्वर छ ।
अहिलेसम्म गीतकार पाण्डेले भौतिकरुपमा संगीतकार रिजाल र गायक पलसँग अहिले सम्म भेटेका छैनन् , तर यी तीनको शब्द, सङ्गीत र स्वरले सजिएको गीतले भने अवार्ड चुमिसकेको छ ।
कार्यक्रममा गीतसंगीतका थुप्रै श्रष्ठाले अवार्ड थापेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण